
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कृषि बिकास बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय ती कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । बैंकको पुरकोटदह शाखाका ती कर्मचारीमा कोरोना पोजेटिभ भएकोजिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताएका छन् ।
उनीसँगै कोरोना परिक्षण गरेका अन्य कर्मचारीको भने रिपोर्ट नेगेटिभ आएको छ । उनी कोरोना संक्रमितसँग सम्पर्कमा आएको पुष्टी भएपछि उनको स्वाब संकलन गरिएको थियो । उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राखिने बताइएको छ भने बैंकको उक्त शाखा सिल गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्