×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार सुदूरपश्चिममा थप ९४ जनामा देखियो कोरोना ! कति पुग्यो संक्रमितको कुल संख्या ?

PRIME CA

शनिबार सुदूरपश्चिममा थप ९४ जनामा देखियो कोरोना ! कति पुग्यो संक्रमितको कुल संख्या ?

६ असार २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिममा आजमात्रै थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सुदूरपश्चिममा थप ९४ जनामा कोरोना भाइरस (कोविड १९) पुष्ठि भएको बताउनुभयो । 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: