×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन खुकुलो भएसँगै धनगढीमा आर्थिक कारोबार बढ्यो, व्यवसायीलाई भाडाको चिन्ता, जनतालाई कालोबजारीको त्रास !

PRIME CA

लकडाउन खुकुलो भएसँगै धनगढीमा आर्थिक कारोबार बढ्यो, व्यवसायीलाई भाडाको चिन्ता, जनतालाई कालोबजारीको त्रास !

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरसका कारण देशैभरी गरिएको लकडाउनले व्यापारी तथा उद्योग व्यवसायीहरुलाई ठुलै घाटा बेहोर्नु परेको छ । व्यवसाय नै ठप्प हुँदा आम्दानिको स्रोत शून्य भएकाले साहुको ब्याज, बैंकको कर्जा र घरबेटीको भाडाले तनाब उत्पन्न बनाएको धनगढीका व्यसायीहरुले बताएका छन् । 
यसो त देशको अर्थतन्त्र नै धरापमा रहेका बेला व्यापार व्यवसाय नै ठप्प हुनुले समस्या सृजना गराउनु स्वभािवक हाे । सरकारको आर्थिक वर्ष २०७७-७८ को बजेटमा पनि आफुहरुको समस्या नहेरीएको व्यापारीहरुको पिडा अर्कोतिर छ । लामो समयको लकडाउन खुकुलो बनाएपछी धनगढीका व्यापारीहरु सक्रिय बन्न थालेका छन् । 
केही दिन अगाडी सुनसान हुने धनगढी बजारक्षेत्र आजभोली मानिसहरुको चापले भरीभराउ देखिन थालेका छन् । निर्वाद रुपमा पसल खोल्न पाउँदा व्यवसायीहरुपनि खुसि देखिन्छन् । “सरकारले तय गरेको कर तथा निर्धारण गरेको मापदण्ड त छँदै थियो पसल चलाउन र छानो बचाउनका लागि पनि घरबेटीको भाडा तिर्ने ठूलै धोको छ”, धनगढीका व्यापारीहरु बताउँछन् । 
यसरी सरकारलाई तिर्नुपर्ने कर, बन्दाबन्दीको समयमा थुप्रिएको भाडा, साहुको ऋण, बैंकको कर्जाको चपेटामा परेका व्यापारीहरु अव जसरी पनि पैसा कमाउनेतर्फ उन्मुख भएका छन् । जसका कारण बजारमा बस्तुको मुल्यभाउमा पनि वृद्धि हुने अनुमान गर्न थालिएको छ । एकातिर व्यापारीको बाध्यता र अर्कोतिर जनताको समस्याका कारण कालोबजारी हुने त्रास देखिएकाे छ । बाँकी फोटो कथामा हेरौं !











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: