×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढ्यो’: वरिष्ठ निर्देशक लिसा कर्टिस

PRIME CA

‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढ्यो’: वरिष्ठ निर्देशक लिसा कर्टिस

अर्थ सरोकार

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार

काठमाडौँ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् । कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विशेषन भइरहेको पनि बताईन । पछिल्लो केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मको हस्तक्षेप गरिरहेको उनको दाबी छ ।
उनले भनिन्, चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौं। मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो । त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दावी गरेको थियो ।  नेपालसंगै श्रीलंकामा पनि चीनले ब्यापारको बहाना आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको पनि खुलासा गरिन । उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह समेत गरेकी छिन । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: