Skip to content
LAXMI SUNRISE BANK

‘बिग-मर्जर’पछी अव पालो ‘मिडियम’ मर्जरको ! लम्किएको हिमालयन बैंक र खस्किएको सिभिल बैंक मर्जरमा जाने तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच मर्जरको प्रक्रिया औपचारिक रुपमै सुरु भएको छ । मर्जरका लागि पटक-पटकको छलफलपछी सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा समक्ष मर्जरको प्रस्ताव लगेसँगै यो मिडियम मर्जरको प्रक्रिया औपचारिक रुपमै अगाडी बढेको हो ।
सिभिल बैंकको संचालक समितिले गरेको प्रस्ताव र हिमालयन बैकको संचालक समितिले मर्जर समितिलाई बुझाउने बैंक स्रोतले बताएको छ । हिमालयन बैंकले यसअघि नै पूर्व मन्त्री एवम् बैंक सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर समिति बनाएको थियो। नेपाल राष्ट्र बैंक स्रोतले पनि हिमालयन बैंकसँग सिभिल बैंक मर्जरमा जाने कुरा अगाडी बढेको बताएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK