×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन’ : काठेखोला गाउँपालिका अध्यक्ष थापा (विशेष अन्तर्वार्ता)

LAXMI SUNSIRE
GLOBAL IME BANK

‘नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन’ : काठेखोला गाउँपालिका अध्यक्ष थापा (विशेष अन्तर्वार्ता)

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

बागलुङ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट भौतिक दूरीका हिसाबले नजिकै रहेको गाउँपालिका हो काठेखोला गाउँपालिका । साविकका सात ओटा गाउँविकास समितिलाई एकीकृत गरेर बनेको गाउँपालिकाको आयस्रोतको मुख्य आधार हो कृषि र पर्यटन । मध्यपहाडी लोकमार्गले फेरो हालेको गाउँपालिकामा नगन्य मात्रामा पक्की सडक छ । वडा अनुसारको विषेशता रहेको गाउँपालिकाका सबै कुना कन्दरामा सडक त पुगेका छन् तर ती सडकहरुको व्यवस्थापनको काम भने बाँकी नै छ । 
खानेपानी, सिँचाइ र कृषि उपजको बजारीकरणमासमेत गाउँपालिकाले बेला बेलामा समस्या भोग्दै आएको छ । यहाँ धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान र खेल पर्यटन समेतको विकास शुरु भएको छ र यसबाट यहाँका पर्यटन क्षेत्रको विकास गर्ने योजना बनाइएको छ । सांस्कृतिक रुपमा सम्पन्न गाउँपालिकाले विकासको गति लिन थालेको धेरै भएको छैन । सीमित स्रोत साधनको उपयोगले मात्रै पनि जनताले अनुभूत गर्नेगरी काम भए कि भएनन् रु स्थानीय तह गठनको तीन वर्षका उपलब्धि के हुन् रु के अवको बाँकी कार्यकालमा हिजो जनतासँग गरिएका प्रतिबद्धता अनुसारका काम होलान् ? यस्तै विषयमा बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापासँग गरिएको कुराकानीको अंश :
यहाँको तीन वर्षे कार्यकाल कसरी बित्यो ?
जब हामी तीन वर्ष अगाडि आम निर्वाचनमार्फत् निर्वाचित भएर काठेखोलामा आयाँै, त्यसपछिदेखि नै यस पालिकामा समस्याका चाङ पनि थिए र त्यही बीचमा हाम्रा अगाडि अवसरहरु पनि थिए । देश सङ्घीय संरचनामा गइसकेको थियो र हामी स्थानीय सरकारका रुपमा जनताका अगाडि आइसकेका थियौँ । प्रत्येक वडामा कच्ची सडक पुगिसकेको थियो । यसका लागि स्तरोन्नति गर्नु पनि थियो । खानेपानीका केही संरचना बनेका थिए र यसलाई पनि व्यवस्थित गर्नुपर्ने थियो । केही वडा उत्पादनको चरणमा पुगेका थिए भने तिनका लागि बजारीकरणको खोजिमा थिए । शिक्षा र स्वास्थ्यका समस्या त्यस्तै थिए । यी समस्याकाबीच जब हामीले पहिलो बजेट प्रस्ताव गरियो यसले केही मात्रामा सहयोग पु¥यायो । हामीले १२ महिना कच्ची सडक भए पनि यातयातका साधन गुडाउन प्रयत्त ग¥यौँ तर प्रकृतिसँग जुध्न सकिएन । केही वडाबाहेक हामी सफल भयौँ । खानेपानीका समस्या समाधानका लागि एक घर एक धाराको कार्याक्रम अगाडि बढाएका छौँ, यसमा सङ्घीय सरकार र प्रदेश सरकारलाई जोडेर काम तीव्र रुपमा अगाडि बढाएका छौँ । शिक्षा र स्वास्थ्यमा पनि हामी स्थानीय सरकारको हिसाबले निकै प्रयास गरिरहेका छौँ । 
आमूलपरिर्वतन गर्न नसकिए पनि केही मात्रमा परिर्वतनका परिणाम सतहमा देखिन थालेका छन् । पालिकाभित्रका विद्यालयमा सुशासनका केही अभ्यास हुन थालेका छन् । पठनपाठनमा सुधारका लागि हामीले धेरै प्रयास गरिरहेका छौँ । कक्षा व्यवस्थापनदेखि विद्यालय प्रशासनलाई सुधारका लागि केही सफलता प्राप्त गरेका छाँै । प्रविधिमैत्री बनाउन प्रायः सबै विद्यालयमा इन्टरनेटको व्यवस्थापन गरेका छाँै । अध्यापन कार्यका लागि हामी धेरै प्रयास गरेका छाँै, जस्तैः सघन अनुगमन, नियमित लेखापरीक्षण, विद्यायल सुधार योजना निर्माण जस्ता क्रियाकलाप नियमितरुपमा अगाडि गएका छन् । स्वास्थ्यका क्षेत्रमा हाम्रा स्वास्थ्य चौकीहरुमा व्यापक सुधार गर्नुका साथै केही स्वास्थ्यचौकीमा ल्याबको स्थापन गरी परीक्षणको कार्य अगाडि बढाएका छौँ । 
अति विपन्न र गरिब परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम निरन्तर अगाडि बढाएका छौँ । नियमित रुपमा स्वास्थ्यचौकीमा औषधि उपकरण नियमित रुपामा उपलब्ध गराएका छौँ । नेपाल सरकारको सहयोगमा सञ्चालन भएको पाँच श्याको अस्पताललाई सात श्ययामा व्यवस्थापन गरेका छौँ । यसरी स्वास्थ्य क्षेत्रको अवस्था हेर्ने हो भने हामीले गाउँपालिकाभित्रका सुत्केरी दिदीबहिनी, आमाहरुका लागि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यस साथसाथै जनताका आधारभूत आवश्यकतालाई ख्याल राखेर आम नागरिकलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने हेतुले हामीले एक वार्ड एक उत्पादनजस्ता आर्थिक उपार्जनका कार्यक्रम सञ्चालन गरेका छौँ । 

निर्वाचनका समयमा यहाँले नागरिकसामु गरेका प्रतिबद्धता पूरा भए ? 
हामीले गरेका प्रतिबद्धता पूरै पूरा हुन त नसके होलान् तर पनि जनताका गुनासालाई कम गरेका छौँ । सीमित स्रोत र साधन, सङ्घीय र प्रादेशिक सरकारका नीतिगत व्यवस्थापनका कारणले पनि केही विकास निर्माणका कार्यमा अन्योल हँुदाहुँदै पनि काठेखोला गाउँपालिकामा स्थानीय सरकारको हैसियतले जनताका आवश्यकतामा ध्यान दिएका छौँ । विकास निर्माणका कार्यले आकार लिन थालेका छन् ।
गाउँपालिकाको स्रोत विकासका लागि के गर्नुभयो ?
काठेखोला गाँउपालिका आफैँमा आफ्नो आम्दानी कमजोर भएको पालिका हो । न यसको कुनै प्राकृतिक स्रोत छ न यहाँ विभिन्न औद्योगिक ग्राम स्थापना गर्न सक्ने सम्भावना नै छ । यसकारण पनि हामी यहाँका प्रत्येक नागरिकलाई आफ्नो भूगोलअनुसार आयमूलक कार्य अर्थात उत्पादनसँग जोडेर आम्दानी वृद्धिका क्रियाकलापमा जोड्न सकियो भने हामीले आफ्नो आयस्रोत बढाउन सकिन्छ भन्ने दृढसङ्कल्पका साथ आगाडि बढेका छौँ । साना तथा मझौला उद्योग स्थापनाका लागि जागरण उत्प्रेरण गरिरहेका छौँ । गाउँपालिकाको स्रोत परिचालनमा पनि त्यत्तिकै ध्यान पु¥याएका छौँ । जहाँ सम्भावना छ त्यहाँ निजी तथा सहकारी सङ्घसंस्थाका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने र प्रोत्साहन गर्ने काम गरिरहेको अवस्था रहेको छ ।
रोजगारी सिर्जना हुने कुनै काम भएका छन् त ?
गाँउपालिककाले गर्ने विकास निर्माणका कार्यमा अधिक मानवस्रोत साधनलाई प्रयोग गर्ने, विभिन्न वित्तीय सङ्घसंस्थालाई उत्साही युवा किसान, स्वदेश तथा विदेशबाट रोजगार गुमाएर आउनुभएकालाई सुलभ ब्याजमा कर्जा प्रवाहका लागि सहजीकरण जस्ता कार्यक्रम हामी गरिरहेका छौँ । हालमा सङ्घीय सरकारको सहयोगमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि प्रत्येक वडामा सञ्चालन गरिएको छ ।

गाउँको पहिचानसँग जोडिएका क्षेत्र कुन–कुन हुन् र सो क्षेत्रको विकासका लागि के गर्नुभयो ?
हामीले काठेखोला गाउँपालिकाका– ८ ओटा नै वडालाई पहिचानसहितको योजना कार्यान्वयनमा अगाडि बढाएका छौँ । एक नं वडाका लागि कृषि उपज सङ्कलन केन्द्रको रुपमा विकास गर्नका लागि सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ । त्यस्तै २ नं वडालाई बेमौसमी तरकारी तथा पर्यटन प्रवद्र्धनका लागि अगाडि बढाइएको छ, जसमा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण, धार्मिकस्थलको संरक्षण तथा व्यावसायिक तरकारी तथा फलफूलखेती सञ्चालनमा ल्याइएको छ । वडा नं ३ लाई आलुखेतीको पकेट क्षेत्रको विकास गर्नका लागि सोहीअनुसार कृषकलाई प्रोत्साहन दिएर दुई ओटा कोल्डस्टोरको स्थापना गरिएको छ भने केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिएको छ । चार नं वडा जनजातिको बाहूल्य रहेकोले जनजाति सङ्ग्रहालयको स्थापना गरी त्यहाँको ऐतिहासिकता झल्किने गरी व्यवस्थापकीय कार्य अगाडि बढाइएको छ ।
वडा नं ५ धार्मिक प्रर्यटनका हिसाबले अगाडि बढाइएको छ जहाँ ऐतिहासिक विराशत बोकेको त्रिपुरेश्वर महादेवको मन्दिर शिवधुरी, राम मन्दिर, स्वामी परमानन्दको जन्म भएको स्थान पनि रहेको छ । जसलाई धार्मिक गन्तव्यको हिसाबले अगाडि गएको छ भने वडा नं– ६ सुन्तला उत्पादन हुने क्षेत्र र दुग्ध व्यवसायका हिसाबले बागलुङ्मा अगाडि रहेको छ । यस वडामा वार्षिक सुन्तलाबाट मात्र करिब रु तीन करोढको व्यवसाय हुन्छ भने दुग्ध व्यवसायबाट पनि यसैको हारहारीमा व्यवसाय हुने गर्दछ । यस कारणले यस वडा व्यवसायका हिसाबले सबैभन्दा अगाडि रहेको छ । वडा नं ७ खेलकूदको गन्तव्य बनाउने हिसाबले खेलकूदका गतिविधि अघि बढाइएको छ भने वडा नं ८ बेमौसमी तरकारी खेती तथा बौद्ध गुम्बा विशेष गरी बौद्ध धर्मालम्वीको आस्था जगाउने गरी अगाडि बढाइएको छ । वैदेशिक रोजगारीमा अधिकांश युवा यो गाउँपालिकाबाट बाहिर छन् । 
विप्रेषण सदुपयोग गर्ने केही नीति छ ? 
वैदेशिक रोजगारमा गएका अधिकांश युवा साथीसँग उहाँहरुको आकांक्षाअनुरुप काम गर्नका लागि हामी हरदम प्रयत्न गरिरहेका छौँ । लगानी मैत्री वातावरण सिर्जना गर्ने हाम्रो दायित्व हो तर पनि तीनै तहका सरकारबीचको कानूनी अष्पस्टताका कारण जति अगाडि जानुपर्ने हो त्यो जान सकेको अवस्था छैन । हामीले मात्र नीतिगत रुपमा मार्ग प्रसस्त गर्नका लागि स्थानीय तहलाई अधिकार छैन । त्यसकारण पनि विदेशबाट आउने विप्रेषणलाई स्थानीय तहको अनुकूल प्रयोगमा ल्याउन सकिएको छैन ।
गाउँपालिका आफैले बनाउन सक्ने कानून निर्माणमा पनि ढिलाइ भयो भनिन्छ नि ?
ऐन, कानून र कार्यविधि बनाउने क्रममा हामी स्थानीय तहको कुनै ढिलाइ छैन । सङ्घीयताको अनुभूति यसैमा खड्किएको छ जब सङ्घीय कानून आउँदैन प्रदेशले आफ्नो कानून बनाउन पाउँदैन, प्रदेशले नबनाएसम्म हामी स्थानीय तहले बनाउन पाउदैनौँ । यो चेन अफ कमाण्ड तोड्न सक्दैनौँ हामी आफनो अनुकूलको ऐन कानून बनाउन सक्दैनौ । तर पनि हाम्रो कामकाज सञ्चालनका लागि आवश्यक कानून तथा कार्यविधि भने बनाएका छौँ ।
अहिले गाउँपालिकाको अवस्था के हो रु सडक, खानेपानी, सिँचाइ, पूर्वाधार र कृषि तथा पर्यटनमा लगानी गर्न सकिएन भन्ने छ नि ?
हामीले सीमित साधन र स्रोतको अधिकत परिचालन गर्ने हो । सडक खानेपानीलगायतका पूर्वाधारमा हामी पर्याप्त मात्रमा लगानी गर्न सक्दैनौँ यो आमरुपमा देखिएको समस्या भनौँ या बिडम्बना हो । जब स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाइँदैन तबसम्म तलका समस्या समाधान हुदैनन् । कार्यक्रमको कार्यान्वयन हुने भनेको स्थानीय तहमा हो । अहिलेको विकास क्रम वा बजेटको विनियोजनको प्रचलन हेर्नुभयो भने यो स्पष्ट देखिन्छ । बजेट सीमित ठाउँमा छ तर त्यसको परिचालनमा पहूँच छैन । त्यसकारण पनि यी यावत् समस्या रहिरहन्छन् ।

गाउँपालिकाले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनका लागि के काम गर्दै आएको छ ?
सशसानका लागि काठेखोला गाँउपालिका बागलुङका १० स्थानीय तहमध्ये एक नम्बरमा आउँछ जस्तो लाग्छ । सेवा प्रवाहका हिसाबले हामी अगाडि छौँ । हाम्रा सबै काम अनलाइनमार्फत सञ्चालन गरेका छौँ । आगामी तीन महिनाभित्र गाउँपालिकाको डिजिटल प्रोफाइल ल्याउँदैछाँै यसले पनि एउटा इटा थप्ने काम गर्नेछ । त्यसकारण पनि सुशसान प्रवद्र्धनका लागि अधिक प्रयास गरेका छौँ ।

कोरोना महामारी रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा गाउँपालिकाले के–के काम गरेको छ ?
हामी कोरोना रोकथामका लागि अपनाउनु पर्ने सबै सावधानी तथा उपाय सबै अबलम्बन गरेका छौँ । क्वारेन्टिन निर्माणदेखि सात श्ययाको अस्थायी अस्पताल निर्माण गरिसकेका छौँ । अहिलेसम्म पालिकामा यो महामारीबाट कुनै मानवीय क्षति हुन पाएको छैन । 

अन्तमा यहाँको कार्यकालमा अथवा अबको डेढ वर्षमा काठेखोला गाउँपालिका कस्तो होला ?
हामीले कल्पना गरेअनुसार र हामीले सपना देखेअनुसार त नहोला तर पनि केही भौतिक संरचनाले युक्त हुनेछ भने पहिचानअनुसारका कामको परिणाम पनि देखिने नै छ । सुशासनका हिसाबले नमूना प्रदर्शन गर्ने, आम नागरिकका गुनासा सम्बोधन हुने र बागलुङमा एउटा नमूनाउन्मुख पालिकाका रुपमा यो पालिकाको पहिचान स्थापित हुने विश्वास लिएका छौँ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी