×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : रसुवाको लाङटाङ पदमार्गमा बढ्यो पर्यटकको चहलपहल, खानेपानीको लागि पालो कुर्दै महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले रसुवाको लाङटाङ पदमार्गमा बढेको पर्यटकको चहलपहलदेखि खानेपानीको लागि पालो कुरिरहेका काभ्रेका महिलासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
रसुवाको लाङटाङ पदमार्गमा पर्यटकको चहलपहल । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुन थालेका छ । 
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कोटतेमालका महिला खानेपानीको लागि पालो कुर्दै ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट सूर्योदय अवलोकन गर्दै आन्तरिक पर्यटक । 
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारका धनबहादुर माझी भोटेकोशी नदी किनारामा चुहिएको काठको डुुङ्गा मर्मत गरिँदै । यहाँका माझी समुदायको डुुङ्गा खियाउने परम्परागत पेशा पछिल्लो समयमा लोप हुँदै गएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० दोलालघाट नजिकै सुनकोसी नदी किनारामा बालुवा निकाल्दै युवा ।  
व्यासनगरपालिका–१ स्थित चारकुनेमा तीन महिने सिलाई कटाई तालीम लिन आएका महिला । महिलालाई स्वरोजगार बनाउन नगरपालिकाले सीपमूलक तालीमको आयोजना गर्दै आएको छ । 
पोखराको फेवातालमा डुङ्गा सयर गर्दा लगाइने लाइफ ज्याकेट सफा गर्दै महिला । 
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित पृथ्वीराजमार्गबाट खसेको ट्रक दुर्घटनाग्रस्त अवस्थामा । दुर्घटनामा ट्रकका सहचालक घाइते भएका छन् । 
ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट शुक्रबार बिहान देखिएको सूर्योदय ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: