×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलनका लागि पुन: काठमाडौँ आए, आत्मनिर्भर बन्दै महिला

PRIME CA

देश बोल्ने फोटो कथा : भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलनका लागि पुन: काठमाडौँ आए, आत्मनिर्भर बन्दै महिला

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएकोदेखि पोखरा– ७ राष्ट्र बैंक चोकस्थित पद्मावती हस्तकला उद्योगमा सीपमूलक कार्यमा जुट्दै महिलासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् ।  
पोखरा– ७ राष्ट्र बैंक चोकस्थित पद्मावती हस्तकला उद्योगमा सीपमूलक कार्यमा जुट्दै महिला ।
आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् । 
बनगाड कुपिण्डे नगरपालिका– ८ सल्यानको कुपिण्डे ताल  । हिजोआज यस तालले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउँदै आएको छ ।
काठमाडौँको इन्द्रचोकमा न्यानो पार्ने ऊनी कपडा तथा खास्तोहरु खरिद गर्न छान्दै सर्वसाधारण । यहाँ रु २०० देखि पाँच हजारसम्मका सामग्रीहरु उपलब्ध हुन्छ । 
हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झरे । गर्मीयममा हिमालको काँखमा बसोवास गर्ने यी जनावर जाडो छल्न बेँसीका वस्तीमा झरेका हुन् । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा बसोवास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन् । यिनीहरु मनाङका ङिस्याङ भ्याली खाङसार ङावल मनाङगाउँलगायतका वस्तीहरुमा आइपुगेका छन् । यिनीहरुलाई हिउँ चितुवको मुख्य आहारको रुपमा पनि चिनिन्छ ।
सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीले शेयर सदस्यलाई दानाचोकर बिक्री गर्दै । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सहकारीले नै दानाचोकरको व्यवस्था मिलाउँदै आएको छ ।
महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको ¥यालीमा सन्देशमूलक प्लेकार्ड बोकेर सहभागी हुुँदै ललितपुुर नगरप्रहरी । 
रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थलको धावनमार्ग । जिल्लाको सबैभन्दा पुरानो ९विसं २०२८ देखि सञ्चालनमा आएको० लामिडाँडा विमानस्थलमा गत चैतदेखि कुनै पनि उडान तथा अवतरण भएको छैन । 
दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्रीगाउँमा रहेको दिदीघर संस्थाका अभिभावकविहीन बालबालिकासँग आमा स्यानी चौधरी । संस्थामा अहिले १० बालबालिका छन् । 
नवलपरासीको कावासोतीबाट बरामद गरिएको एक हजार २६० लिटर अखाद्य चुक अमिलो  शनिबार नष्ट गर्दै सुरक्षाकर्मी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: