
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा दृश्यावलोकनका लागि पुगेका आन्तरिक पर्यटकदेखि काठमाडौँको इन्द्रचोकमा बिक्रीका लागि राखिएका पस्मिना, सल तथा खास्तोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा दृश्यावलोकनका लागि पुगेका आन्तरिक पर्यटक । रुपाकोट रिसोर्टबाट रुपा, बेगनास ताललगायत विभिन्न हिमशृङ्खला देख्न सकिन्छ ।

काठमाडौँको इन्द्रचोकमा बिक्रीका लागि राखिएको पस्मिना, सल तथा खास्तो । सांस्कृतिक सम्पदा स्थलमा वर्षौदेखि नगरपालिको स्वीकृत बेगर व्यपार व्यवसाय गर्दै आएको छ ।

तनहुँको दमौलीस्थित आइतबार खुला चौरमा घाम ताप्न बसेका सर्वसाधारण । चिसो बढेसँगै दिउँसोको समयमा खुला चौरमा घाम ताप्नेको भीड हुन्छ ।

जिल्लाको बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बीच सडकमा रहेको विद्युतको पोल ।

काठमाडौँमा दुर्यान्तरको प्रयोगात्मक विधि सिकाउँदै खोजकर्ता एवं कोव्रा सङ्गीतका आविष्कारक भवीन्द्र कुवँर ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाका किसान गोपाल बस्यालले पालेको १८१ केजीको बोयर बोका ।

पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काफ्लेले बताइएका छन् ।

चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक । कोभिड–१९ का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुनः सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत आइतबार बाग्लुङको ढोरपाटन पुगेका आन्तरिक पर्यटकलाई स्वागत गर्दै पाखाथर सामुदायिक होमस्टे (घरवास) का महिला ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको धौलागिरि हिमाल ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–पर्वत–पोखरा खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिको डिमुवा नजिकैको चट्टान काट्दै । अहिले उक्त खण्डमा धमाधम कालोपत्रेको काम भइरहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्