Skip to content
LAXMI SUNRISE BANK

चीनमा २२ वर्षीया युवतीको मृत्युपछि चिनियाँ टेक कम्पनीहरुको विषाक्त धन्दा भयो खुलासा

अर्थ सरोकार

बेइजिङ । चीनमा एक २२ वर्षीया युवतीको मृत्युपछि चिनियाँ टेक कम्पनीहरुको विषाक्त धन्दा खुलासा भएको छ । चीनमा २२ वर्षीया चिनियाँ महिला प्राविधिक श्रमिकको मृत्यु भएपछि टेक्नोलोजी कम्पनीहरुको विषाक्त ‘९९६’ कार्यको पर्दाफास भएको हो । चिनियाँहरु कडा परिश्रम गर्ने कुरामा गर्व गर्दछन् । चिनियाँ हप्ताको ६ दिन बिहान ९ बजेदेखि रातिको ९ बजेसम्म निरन्तर काम गर्छन् । 
अन्तर्राष्ट्रिय श्रम काम कानुन अनुसार हप्ताको ६ दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्‍जन गर्नुपर्ने मापदण्ड बनाए पनि चीनले भने यसलाई उल्लंघन गर्दै आएको छ । जसले गर्दा मानिसहरुमा मानसिक तनाव सिर्जना हुने, विभिन्‍न स्वास्थ्य समस्याहरु देखिनेलगायतका समस्या हुने भएकोले यस्तो काम गर्न प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ । 
चीनको सिन्जियाङको इ-कमर्स पिनडउडोमा कार्यरत २२ वर्षीया झाङको मृत्यु भएको हो । उनको डिसेम्बर २९ मा मृत्यु भएको थियो । उनी कार्यालयबाट घर जाने क्रममा थकित भएपछि सडकमै लडेर मृत्यु भएको हो । उनको मृत्युपछि चिनियाँ सामाजिक सञ्‍जालमा उक्त कम्पनी र चिनियाँ ‘९९६’ को को काम प्रकृतिलाई बन्द गर्नुपर्ने माग उठिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK