×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२००९ मा ध्वस्त पारिएको स्मारकको पुनर्निर्माण गर्नुपर्नेमा जाफना विश्वविद्यालयका अधिकारीहरूको जोड

PRIME CA

२००९ मा ध्वस्त पारिएको स्मारकको पुनर्निर्माण गर्नुपर्नेमा जाफना विश्वविद्यालयका अधिकारीहरूको जोड

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

कोलम्बो । श्रीलंकामा पछिल्लो समय जातीय विद्रोह बढ्दै गइरहेको छ । जाफना विश्वविद्यालयको ध्‍वस्त भएको युद्ध स्मारकको पुनर्स्थापनाको निर्णयले जातीय समुदायहरूबीचको असहज सम्बन्धलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । जनवरी ३ मा, जाफना विश्वविद्यालयका अधिकारीहरूले २००९ मा ध्वस्त पारिएको स्मारकको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । तीन दशक लामो गृहयुद्धको अन्तिम चरणमा तामिल रक्तपातको समयमा युद्ध स्मारकलाई निर्माण गर्ने योजना बनाइएको थियो ।
अन्तरजातीय तनावको नयाँ चक्रलाई सामाधान गर्नका लागि श्रीलंकालाई भारतको सहयोग निकै आवश्यक छ । श्रीलंकालाई तमिल र बहुसंख्यक सिंहला समुदाय बीचको जातीय विभाजन कम गर्न भारतको सहयोग चाहिन्छ । तमिलनाडुलाई जातीय तमिलहरूको आधारभूत आधारका बढ्दो हिंसा रोक्न नयाँ दिल्लीको समर्थन आवश्यक छ । श्रीलंका भित्रको आन्तरिक अवस्था साँघुरो भइरहेको समयमा भारतले त्यसलाई सहयोग गर्ने संकेतसमेत गरेको छ । भारतका अधिकांश तामिलहरु श्रीलंकाका नागरिकसँग सम्बन्ध छ ।
तमिलनाडुका मुख्यमन्त्री ई.के. पलानिस्वामीले ट्वीटरमा उक्त विध्वंसको कडा शब्दमा निन्दा गर्दै श्रीलंकालाई जातीय द्वन्द्वबाट बाहिर ल्याउन भारतले सहयोग गर्ने बताएका थिए । उनले भनेः ‘जाफना विश्वविद्यालय परिसरमा श्रीलंकाको मुलिवाइकलमा युद्धको अन्तिम चरणमा निर्दयतापूर्वक मारिएका सर्वसाधारणको स्मृतिमा जाफ्ना विश्वविद्यालय परिसरमा स्मारक निर्माण गरिने समाचार सकारात्मक छ ।’ ‘जातिवादप्रतिको घृणा निन्दनीय छ । जातीय द्वन्द्व न्युनिकरणका लागि श्रीलंकालाई सघाउन भारत तयार छ,’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: