×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति बिकास बैंकमा घोटाला नै घोटाला, अध्यक्षको यो हदसम्मको मनपरी हुँदा राष्ट्र बैंक किन मौन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति बिकास बैंकमा घोटाला नै घोटाला, अध्यक्षको यो हदसम्मको मनपरी हुँदा राष्ट्र बैंक किन मौन ?

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

    काठमाडौं । ज्योति विकास बैंकका अध्यक्ष र एक सञ्चालकको नाममा दर्ता भएको एक इन्जिनिएरिङ कन्सल्टेन्सीले सोही बैंकको धितो मुल्यांकनको काम गर्ने रहेछ । नियमविपरित सञ्चालकहरुकै स्वामित्वमा रहेको सो कम्पनीले खोला बगिरहेको जग्गालाई अत्यधिक मुल्याकन गराई कर्जा दिइयो र सो कर्जा डुब्यो ।

      सो धितो बैंकले लिलामी गर्दा अर्कै जग्गा देखाइएका कारण एक व्यक्तिले लिलाम सकारे । तर नामसारी गर्न जादा थाहा भयो, नक्सामा रामो देखिएको जग्गा फिल्डमा खोला दौडिरहेको थियो । लिलाम सकारेका व्यक्ति आफु ठगिएको भन्दै अदालत पुगे । अदालतले किर्ते कागजात पेश गरी ऋण लिने व्यक्तिलाई मात्र नभई गलत तरिकाले धितो मुल्यांकन गर्ने कम्पनी र बैंकका अधिकारीहरुलाई कारवाही गर्न आदेश दियो । धितो मुल्याकन गर्ने कम्पनी डिएचएस इन्जिनिएरीग कन्सल्टेन्सी बैंकका अध्यक्ष हरिचन्द खडका र सञ्चालक सन्तोष अधिकारीको स्वामित्वमा रहेको कम्पनी थियो । सो कम्पनीमा प्राविधिक काम भने नेपाल रेडक्रस सोसाइटीका इन्जिनियर दिपक भट्टले गर्थे । उनीहरुको मिलेमतोमा नै नक्कली कागजातको आधारमा कर्जा दिलाइएको थियो ।

        कुनै पनि बैंक तथा वित्तिय संस्थामा अध्यक्ष वा सञ्चालकको त कुरै छाडौं, सामान्य संस्थापक सेयरधनी र कर्मचारीहरु सलग्न कम्पनीसँग कुनै पनि किसिमको कारोवार गर्न बन्देज लगाइएको हुन्छ । तर यस बैंकमा त खुल्लमखुल्ला अध्यक्ष  सञ्चालककै स्वामित्वको कम्पनीले धितो मुल्याकनको काम गरिरहेको थियो ।

          जब यस काण्डमा काठमाडौं जिल्ला अदालतमा मुद्दा पर्यो, त्यसपछी बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सो कन्सल्टेन्सीमा रहेको आफनो नामको सेयर आफना भान्जा विरेन्दजंग पाण्डेको नाममा सारे । जबकी अध्यक्ष खड्काले आफुले सेयर कारावार तिनै भान्जाको नाममा गर्ने गर्छन् भन्ने स्रोतको दाबी छ  ।

            त्यस्तै अर्का सञ्चालक सन्तोष अधिकारीको नाम त सो कन्सल्टेन्सीको सञ्चालकमा  अझै थियो । यस बिषयमा नेपाल राष्ट बैंकका समेत उजुरी पर्यो । राष्ट बैंकले पत्र पठाएर बैंकलाई यसबारे पष्टिकरण सोधेपछी अध्यक्ष खड्काले हतार हतार कम्पनी खारेजीमा लगे । तर भान्जाको नाममा सेयर नामसारी गरिएको कम्पनीले कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको डकुमेन्टमा विरेन्द्रजंग पाण्डेको नाममा अध्यक्ष खडकाले नै हस्ताक्षर गरेको प्रष्ट देखिन्छ । उजुरी परेपछी आफु कारवाहीमा पर्ने डरले अब कम्पनी नै नरहेको देखाउन उनले कम्पनी खारेजीमा लगेका छन् । यसबाट पनि उनले आफनो अपराध छोप्न गरेको कालो कर्तुत छर्लंग हुन्छ ।

              अदालतको फैसलादेखि कम्पनी रजिष्टार कार्यालयको कागजात र बैंकको धितो मुल्याकनकर्ताको काम गर्ने डिएचएस (जुन दिपक भट्ट, हरिचन्द खडका र सन्तोष अधिकारीको नाममा रहेको छ) कन्सल्टेन्सीको माइन्युट लगायतका कागज अर्थ सरोकारसँग सुरक्षित छ । यसबारेको विस्तृत समाचार आगामी अंकमा प्रस्तुत गर्नेछौं । यति मात्र हैन, चितवन टाँडीको एक आदीवासी व्यक्तिले सन्चालन गरेको कृषि फार्मलाई ऋण पारित गराई रकम नै नदिएर ति व्यक्तिको सम्पूर्ण सम्पत्ति हडप्ने काममा अध्यक्ष खडकाले सफलता पाएका छन् । करिब साढे २ करोड कर्जा दिइएको ति व्यक्तिको करिब ९ करोडको घरजग्गा र कृषि फार्म नै खड्कासहितले आफनो बनाएका छन । 

                सो सम्पत्ति ज्योति विकास बैंककै सस्थापक सेयरधनी रहेका र हाल बिभिन्न विजनेसमा खड्कासँग साझेदार रहेका शंकरदेव क्याम्पसमा प्राध्यापन पर्ने हरिकुमार श्रेष्ठको श्रीमती सिर्जना गुरुगको नाममा पास गरिएको छ । श्रेष्ठ तिनै व्यक्ति हुन, जसलाई गत महिना मात्रै रास्व अनुसन्धान विभागले राजस्व छली, नक्कली बिलविजक बनाएको र विदेशी मुदा अपचलन काण्डमा १ अर्ब ७५ करोड विगो बराबरको मुद्दा दायर गरेको छ र उनी हाल फरार छन् ।

                  अध्यक्ष खडकाले चितवनका बुद्धिराम दराईको नाममा धितो रहेको सम्पत्ति हडपेर आफैंले कब्जा जमाएको र त्यसमा साझेदार बन्नका लागि अन्य व्यक्तिहरुलाई अफर गरेको अडियो रेकर्ड यस संवाददातासंग सुरक्षित छ ।  दराईलाई कर्जा दिदा कमिशन खाएको र सो कमिशनको रकम सोही बैंकको स्टाफको खातामा जम्मा गरेको समेत पाइएको छ । तर यसबारे बिस्तृत उजुरी पर्दा समेत राष्ट बैकले निरिक्षण समेत गरेको छैन ।

                    सिइओ हटाएर बाटो खुला

                    यति मात्र हैन, बैंकको अध्यक्ष भएर संस्थापकहरुले बिक्रीका लागि ल्याउने सानातिना सेयरको दलाली गरेर बस्ने खडकाले आफु अनुकुलको निर्णय गराउन अफ्ट्यारो पर्ने भएपछी सिईओ मनोज ज्ञवालीलाई २ बर्ष पदावधी बाँकी रहंदा नै हट्न बाध्य बनाएका थिए  । 

                      चार बर्षे नियुक्ति पाएका सिईओ ज्ञवालीलाई संस्थागत निक्षेपको सिमा झार्न नसकेको ‘काइते’ अभियोग लगाएर २ बर्षमै निस्किन बाध्य बनाइएको थियो । जबकी राष्ट बैंकले नै त्यस्तो निक्षेपको सिमा तोकिएको पतिशतसम्म ल्याउने समय असार मसान्तसम्म दिएको थियो । कोभिड १९ का कारण बैंकिग क्षेत्र नै अस्तव्यस्त बनिरहेको बेला सिईओ हटाएर तेसो बरियताका व्यक्तिलाई निमित्त दिएर उनले आफुखुशी बैंक चलाउने र कुस्त कमाउने धन्दा चलाएका थिए । 

                        यसबाहेक बैंकका स्वतन्त्र सन्चालकको रुपमा रहेका नेपाल राष्ट बैंकका पूर्व निर्देशक जगदिश अधिकारीलाई पनि उनीहरुले पदावधी बाँकी छदै हटाएका छन । नियम विपरित सिईओ हटाउने खेल र केही कर्जा काण्डहरुमा असहमति जनाएका सन्चालक अधिकारीलाई नै खडका समुहले राजिनामा दिन बाध्य पारेका थिए । उनले खडका समुहले बैंक डुबाउने काम गरिरहेको चुपचाप हेर्न नसक्ने भन्दै राजिनामा दिएका थिए ।

                          आफनो दाईले सन्चालक गर्ने सामान्य गार्मेन्टमा काम गर्ने खडका कुनै व्यापारीक वा उच्च खानदानका व्यक्ति हैनन । ठमेलमा एउटा सानो सटरमा सामान्य पसल राख्ने उनी ज्योति विकास बैंकको ठुलो प्रबर्द्धक समेत होइनन् । मुश्किलले १ लाख कित्ता सेयर होल्ड गरेका खडकाले साढे ३ अर्बभन्दा बढी चुक्तापुजी रहेको बैंकलाई आफनो निजी कम्पनीसरह चलाइरहेका छन । 

                            ज्योति विकास बैंकको स्थापना नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारीहरुले स्थापना गरेका थिए । तर अहिले बिद्युत प्राधिकरण आवद्ध ति संस्थापकहरुको भूमिका र स्थान केही देखिएको छैन । अहिले खडकासहितको समुहले आफनो लगानी खासै नभए पनि तिकडमको आधारमा बैंकमा बहुमत कब्जा गरेको र चरम लुट मच्चाईरहेको स्रोतको दाबी छ ।

                              बैंकको कन्सेप्ट ल्याउने र स्थापना गर्ने मुख्य व्यक्ति ध्रुब कुमार उप्रेतीलाई खड्कासहितको समुहले पहिले प्राधिकरणमा कार्यरत रहदा अख्तियारको छानविनमा परेको भन्दै बैंकको अध्यक्षबाट हटन बाध्य पारेका थिए । जबकी बैंकसग कुनै पनि रुपमा सम्बद्ध नरहेको घटनामा अदतलमा मुद्दा चल्दैमा सन्चालक हुन अयोग्य भइदैन । साथै अन्तिम अदालतले फौजदारी अभियोगमा दोषि किटान नगरेसम्म उनलाई बैंकको सन्चालक बन्न अयोग्य बनाउन मिल्दैन । तर संस्थापक अध्यक्ष उप्रेतिलाई चक्रव्यूहमा पारेर बैंकबाट निकालिएको छ । 

                                राष्ट बैंकको मौनता

                                ज्योति विकास बैंक काण्डमा नेपाल राष्ट बैंकमा पनि थुपै उजुरी परेका छन् । यस बिषयमा नेपाल राष्ट बैंकको विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई समेत उजुरी दिइएको पिडितहरुले जनाएका छन् । तर राष्ट बैंकले अहिलेसम्म एकपटक स्थलगत सुपरिवेक्षण समेत गरेको छैन । ५ महिनाअघि राष्ट्र बैंकले सुशिल विजुक्छेसहितको टिमलाई स्थलगत निरिक्षणको लागि खटाएको जनाएको थियो । 

                                  तर राष्ट बैंकका उपनिर्देशक बिजुक्छेले त्यसबेला कोरोनाको डर भएकाले आफु तत्काल जान नसक्ने जानकारी दिएको उजुरीकर्ता प्रथमकुमार बज्राचार्यले बताए । उनले महिनौ बितिसक्दा पनि राष्ट बैंकले खटाएको अधिकारी सुपरिवेक्षणमा खटाएका अधिकारी नजानुमा ठग गिरोहसँगको सेटिङले काम गरेको आशंका समेत उनको छ । 

                                    बैंकले लिलामीमा निकालेकोे जग्गा खरिद गरेका बज्राचार्यले आफुले किनेको जग्गा नै नक्कली परेपछी राष्ट बैंकमा उजुरी दिएका थिए । त्यसबेला ज्योतिको स्वतन्त्र सन्चालक रहेका जगदिश अधिकारीले आफनो जेठान ऋषिकेश भट्ट राष्ट बैकको कार्यकारी निर्देशक भएका कारण छानविन रोकाएको आशंका उनको छ । साथै अहिले ज्योतिमा सिईओ बनाएका ल्याइएका श्रीचन्द्र भट्टले राष्ट बैंकका कार्यकारी निर्देशक भट्टलाई दाजुभाई नाता लगाउने हुनाले कारवाहीको संभावना कम भएको समेत उनको गुनासो छ । 

                                      सबै कार्यालयहरु सामान्य रुपमा चलिसक्दा समेत खटाइएको व्यक्ति बैंकको निरिक्षणमा जान नचाहनुमा बैंक लुटने गिरोहको सेटिङमा परेको अनुमान गरिएको छ । 

                                        गतबर्ष नै बैंकले जलबिद्युत आयोजनाहरुमा थप लगानी नगर्ने भनेर निर्णय गरेको थियो । तर पछिल्लो समय गोल्डेन सेयर र कमिशनकै लागि कास्कीको सेतिखोला हाइडोपावरमा ६० करोड कर्जा लगानीको लागि फाइल अगाडी बढाइएको छ । यसबाहेक सस्थापककै लगानी रहेको लोअर ईर्खुवाखोला हाइडोपावरमा लगानी गर्नका लागि ठुलै रकमको डिल भैसकेको समेत बैक स्रोतले जनाएको छ । 

                                        (बाँकी आगामी अंकमा…)
                                        CITIZEN LIFE INSURANCE
                                        Hamro Parto AD

                                        प्रतिक्रिया दिनुहोस्

                                        अर्थ सरोकार प्रिमियम स्टोरी