
नयाँ दिल्ली । चीन र भारतका सैनिकबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ । झडपमा २० चिनियाँ सेनाहरु घाइते भएका छन् । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ । पूर्वी लद्दाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसीमा) चिनियाँ सेनाले सीमा यथास्थितिलाई बदल्ने प्रयास गरेपछि झडप भएको हो । केही चिनियाँ सेना भारतीय सीमा क्षेत्रमा प्रवेश गरेका थिए । चिनियाँ सेनालाई भारत प्रवेशमा रोक लगाउने क्रममा झडप भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
झडपमा ४ भारतीय सेना पनि घाइते भएङ्का छन् । हाल स्थिति तनावपूर्ण रहेको बताइएको छ । मौसम खराब भएको अवस्थामासमेत भारतीय सेना सीमा क्षेत्रका सबै चेक-पोइन्टहरुमा तैनाथ रहेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ । गत वर्ष मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए ।
भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन् । सन् १९९६ को सहमतिमा ‘लाइन अफ एक्चूअल कन्ट्रोल’ अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्, विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्’ उल्लेख गरिएको छ । तर दुबै मुलुकबीच विभिन्न समयमा सीमा क्षेत्रमा झडप हुने क्रम भने रोकिएको छैन । दुबै मुलुकबीचको सीमा विवाद समाधानका लागि नवौं चरणको सैन्य वार्ता भएपनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन् । बैठक १५ घण्टासम्म चलेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्