
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची कृषक तथा नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् जिल्ला अध्यक्ष अजय तामाङ अलैँची बारीमा रमाउँदै गरेकादेखि उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै गरेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची कृषक तथा नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् जिल्ला अध्यक्ष अजय तामाङ अलैँची बारीमा रमाउँदै गरेकादेखि

उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दैछ ।

पोखरा महानगरपालिका–८ न्युरोडस्थित वीरेन्स पार्लर एण्ड हेयर एकेडमीमा काटेर खेर गइरहेको कपाललाई पुनः प्रयोग गर्न जटा (डेट लक) बनाइँदै ।

साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि शुक्रबारदेखि सञ्चालनमा ल्याउन लागेको पाँच थान ट्याङ्कर । सरकारी तथा सामाजिक सङ्घ–संस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको छ । करीब दुई करोड ५० लाखको लागतमा खरिद गरेको ट्याङकरले रक्सोलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ ।

मकवानपुरको कैलाश गाउँपालिका–८ का विभिन्न स्थानमा खेती गरिएको अफिम प्रहरीबाट फडानी । कोसाईचार, पाख्रेलगायत स्थानमा गरी कुल १३ विगाहा क्षेत्रफलमा लगाइएका अफिम र गाँजा काटेर खेतमा नै लुकाई राखेकामा ४ क्विन्टल गाँजा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

बागलुङ नगरपालिका–१, बाङ्गेचौर सहिलपार्कमा शुक्रबार शहीद दिवसका अवसरमा शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र सर्वसाधारण ।

तनहुँको व्यास नगरपालिकाको आयोजनामा शुक्रबार आयोजित चौथो व्यास अल्ट्रा म्याराथनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महत । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी म्याराथनमा १८० धावकको सहभागिता छ ।

शुक्लागण्डकी जेसीजले बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आयोजना गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सर्वसाधारण । शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्