×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयुक्त राज्य अमेरिकामा बाइडेन युगको सुरुवात, चीनलाई जिम्मेवार ठहर्‍याउने दावी

PRIME CA

संयुक्त राज्य अमेरिकामा बाइडेन युगको सुरुवात, चीनलाई जिम्मेवार ठहर्‍याउने दावी

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा बाइडेन युगको सुरुवात भएको छ । उनले आफूलाई कोरोना महामारीविरुद्धको युद्धमा अघि बढ्न कुनै कुरा अल्झाउने र अल्झिने समय पनि नभएको बताएका छन् । बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राख्दै १० वटा कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरेका छन् । भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ । त्यसैगरी भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ ।
निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएको र महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । उनले कोरोना महामारी नियन्त्रण गर्नुको साटो चीनलाई साथ दिएको भन्दै अमेरिकालाई डब्लूएचओबाट बाहिर निकालेका थिए । तर बाइडेनले भने अमेरिकालाई डब्लूएचओमा फर्काएका छन् । राष्ट्रपति बाइडेनको कोरोना भाइरस कार्यदलका संयोजक जेफ जायन्ट्सले ट्रम्प कार्यकालमा संघीय स्तरमा भाइरसविरुद्धको कुनै रणनीति नरहेको तथा विस्तृत योजनाको अभाव भएको बताएका छन् । 
बाइडेनलाई कोरोना महामारीको उत्पत्ति र त्यस मुलुकले गरेको लापबाहीको अनुसन्धानका लागि विशेष पहल गर्नुपर्ने र आफ्नो गल्तीप्रति जिम्मेवार ठहर्‍याउनुपर्ने दबाब छ । बाइडेनले चीनप्रति कुनै ठोस टिप्पणी भने गरेका छैनन् । कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओका प्रतिनिधिको टोली चीन पुगेको छ । तर चीनले भने त्यहाँ तथ्यहरु लुकाउने प्रयासहरु गरिरहेको आरोप छ । चीनको यस्ता गतिविधिहरु रोक्‍नका लागि विश्‍वले बाइडेन प्रशासनको मुख ताकेको छ । 
त्यसैगरी खोपको प्रभावकारी वितरण तथा भरपर्दो परीक्षणका लागि बाइडेन प्रशासनले ७ बुँदे योजना सार्वजनिक गरेको छ । अप्रिल अन्त्यसम्ममा १० करोड जनालाई खोप दिइसकिने जनाइएको छ । त्यस्तै एक सय दिनभित्रमा विद्यालयहरूमा पठनपाठन सुरु गरिने योजना छ । अमेरिकाले विश्वलाई फेरि नेतृत्व प्रदान गर्ने बाइडेनको भनाइ छ । ओभल अफिसको पहिलो दिननै बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का नेतालाई अमेरिका पूर्ववत् अवस्थामा फर्किएको जानकारी गराउने बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: