×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उइगरहरुमाथि भएका मानवअधिकार उल्लंघनका गतिविधिहरु नरसंहार भएको विदेशमन्त्री माइक पोम्पियो घोषणा

PRIME CA

उइगरहरुमाथि भएका मानवअधिकार उल्लंघनका गतिविधिहरु नरसंहार भएको विदेशमन्त्री माइक पोम्पियो घोषणा

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

वाशिङ्टन । ट्रम्प प्रशासन बाहिरिनुभन्दा एकदिन अघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिन्जियाङमा उइगरहरुमाथि भएका मानवअधिकार उल्लंघनका गतिविधिहरु नरसंहार भएको घोषणा गरेका छन् । चीनले सिन्जियाङका अल्पसंख्यक उइगर मुस्लिमहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्‍ने, जबरजस्ती श्रम गराउने, बाँझोपन गराउने, यातना दिने गरिरहेका छन् । चीनको यस्तो गतिविधलाई अमेरिकाले मावतामाथिको अपराध र नरसंहार भएको घोषणा गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको मानवअधिकाविरुद्धको अपराधलाई ‘नरसंहार’ घोषणा गर्ने पहिलो मुलुक हो । सन् २०१७ देखि चीनले सिन्जियाङमा उइगरहरुलाई नियन्त्रणमा लिने अभियान थालेको हो । अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीले दिएका निर्देशनहरु, हिरासतमा परेकाहरुको बयान, त्यहाँका मानिसहरुलाई जबरजस्ती श्रम लगाएर उत्पादित सामग्रीहरुको सस्तो मूल्यमा बिक्री र विभिन्‍न प्रतिवेदनले निकालेको निष्कर्षलाई अध्ययन गरिसकेपछि यस्तो निर्णय गरेको अमेरिकाले जनाएको छ ।
चीनले धार्मिक र सांस्कृतिक सफायाका लागि यस्तो नरसंहार गरिरहेको र यसलाई तत्काल रोक्‍नुपर्ने अमेरिकी विदेशमन्त्री पोम्पिओको ठहर थियो । चीनको हिरासतमा १० लाखभन्दा बढी उइगरहरु रहेको तथ्यांकहरु सार्वजनिक भएका छन् । उनीहरुलाई जबरजस्ती बाँझोपन गराउने, पक्राउ परेकाहरुलाई यातना दिने, जबरजस्ती श्रम गराउने, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र आन्दोलनको स्वतन्त्रतामा प्रतिबन्ध लगाउनेलगाउतका गतिविधिहरु गरिरहेका छन् । जर्मनीमा एडोल्फ हिटलरले यहुदीहरुको नरसंहार गरेजस्तै गरी अहिले चीनमा पनि उइगरहरुको नरसंहारको गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: