×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नक्कली भौचर बनाउने मालपोत कार्यालयका तत्कालिन लेखा अधिकृत पक्राउ !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको नक्कली भौचर बनाउने मालपोत कार्यालयका तत्कालिन लेखा अधिकृत पक्राउ !

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । लिखत सम्बन्धी कसुरमा संलग्न मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालिन लेखा अधिकृत पक्राउ परेका छन् । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय भरतपुर चितवनको भौचरहरु र उक्त बैंकको छाप तथा कर्मचारीहरुको दस्तखतसमेत किर्तेमा संलग्न रहेको भन्दै प्रहरीले तत्कालिन लेखा अधिकृत रिठ्ठे परियारलाई तारकेश्वर नगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो । 
परियारले  एक करोड सत्र लाख चौबिस हजार पाँचसय अड्त्तीस रुपैयाँ बराबरको किर्ते भौचर तयार गरेको पाइएको हो । चितवन भरतपुर नगरपालीका वडा नं. ११ घर भई हाल काठमाडौँ  तारकेश्वर नगरपालीका वडा नं. ६ मा बस्दै आएका ५७ वर्षिय उनि विशेष सूचनाको आधारमा पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धान गर्दा निज परियारले लिखत सम्वन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको खुल्न आएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: