×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवास पुगिन् चिनियाँ राजदूत यान्छी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवास पुगिन् चिनियाँ राजदूत यान्छी

Artha Sarokar

९ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । चिनियाँ राजदूत होउ यान्छी सोमबार बिहान ९ः०५ बजे प्रचण्ड निवास पुगेकी थिइन् भने ९ः५५ बजे त्यहाँबाट बाहिरिएकी हुन् । प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिनका लागि राजदूत यान्छी खुमलटार पुगेको बताइएको छ ।
अहिले कसरी अघि बढ्ने भन्‍ने विषयमा प्रचण्ड अप्ठ्यारोमा परेपछि राजदूत यान्छी खुमलटार पुगेर कम्युनिस्ट सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई दबाब दिएको स्रोतले पुष्टि गरेको छ । कम्युनिस्ट सरकार हुँदा नेपालमा हुने अवैध ठेक्का र अन्य गैरकानुनी गतिविधिहरु गर्न छुट हुने भएकोले ओली सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई राजदूत यान्छीले दबाब दिएकी छिन् । त्यसअघि सोमबार नै मार्क्सवादी अर्थशास्त्री तथा पत्रकार डा. विजय पौडेलले पनि प्रचण्डसँग भेट गरेका थिए । उनले बिहान ७ः४० बजेदेखि ८ः५० बजेसम्म प्रचण्डलाई भेटेका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी