×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा कसरी हुन्छ चलखेल ? कुन-कुन कम्पनीमा भयो इन्साइड ट्रेडिङ ? केशब कोइरालाले खोले रहस्य (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
केहि दिनअघि अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको खुलासा भयो । अघिल्लो दिन एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा सकारात्मक सर्किट लाग्नु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारण सभामा एजेन्डा राखिएको सूचना आउनुले कम्पनीभित्रको चलेखेल छताछुल्ल भयो । त्यसपछि लगानीकर्ताका तर्फबाट केशब कोइरालाले प्रहरीमा अजोड इन्स्योरेन्सले आर्थिक अपराध गरेको भन्दै उजुरी गरे । प्रहरीमा मात्र होइन धितोपत्र बोर्डमा पनि अजोडभित्र भएको भित्री कारोबारको छानविनका लागि भन्दै दर्जनौं उजुरी परेका छन् ।
अर्थ सरोकारले त्यसपछि उनै केशब कोइरालासँग विशेष सम्बाद गरेको छ । अर्थ सरोकार डटकमको प्रस्तुती सेयर बजारसँग सम्बन्धित टेलिभिजन कार्यक्रम मार्केट टकमा हामीले उनीसँग अजोड इन्स्योरेन्समा भएको भित्री कारोबारको थप नालीबेली खोतलेका छौं । हामीसँगको कुराकानीमा उनले अजोडभित्र कसरी भित्री कारोबार भयो भन्ने तथ्यमात्र खोतलेका छैनन्, बरु यस्तो भित्री कारोबार कुन कुन कम्पनीमा भइरहेको छ भन्ने तथ्य पनि खुलाएका छन् । कार्यक्रममा बहसका क्रममा उनले पब्लिक डाइरेक्टर बन्न किन मानिसहरु मरिहत्ते गर्छन् भन्ने भित्री रहस्य पनि खुलाएका छन् । धितोपत्र बोर्डप्रति लगानीकर्ताको विश्वास हराईसकेको बताउने कोइरालाले सोहि कारण आफुले प्रहरीको साहारा लिएको पनि तर्क गरेका छन् ।
कार्यक्रममा उनले केहि कम्पनीहरुको नाम नै लिएर ती कम्पनीमा कसरी भित्री कारोबार हुन्छ भन्ने तथ्य पनि बुझाएका छन् । केहि मुट्ठीभरका मान्छेले लगानीकर्ताहरुलाई बेवकुफ बनाएर आफु अरवौं कमाइरहेकोसमेत उनको तर्क छ । कम्पनीका बोर्डमा रहेकाहरु कम्पनीको व्यवसाय बढाउन भन्दा पनि सेयरको मूल्यमा चलखेल गरेर पैसा कमाउन लागि परिरहेको दाबी गरेका कोइरालाले कार्यक्रममा भित्री कारोबारसँग सम्बन्धित अन्य थुप्रै खुलासा पनि गरेका छन् । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले उनै कोइरालासँग लिएको यो विशेष अन्तर्वार्ता :
https://arthasarokar.com/2021/03/Ajod-Insurance-4.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: