
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधिन काठमाडौं भ्यूटावरका ठेकेदारसहितको टोलीले भोतिक आक्रमण गरी सञ्चार सामग्री तोडफोड गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण लगायतको बिषयमा २०७७ चैत्र ३० गते रिर्पोटिङ गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरी सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरिएकोप्रति खेद प्रकट गर्दै युनियनलेठेकेदार मनोज भेटवालका सुपरभाईजर ज्ञान वहादुर रायले गुरागाईँलाई ज्यान मार्ने धम्की समेत दिएको घटनाले युनियनलाई थप आक्रोशित बनाएको जनाएको छ ।
‘आम नागरिकका चासोका बिषयमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने संचारकर्मीहरु कसरी प्रताडित छन् भन्ने यो घटनाले देखाएको छ । संचारकर्मी गुरागाईँमाथि आक्रमण गरि संचारसामग्री तोडफोड गर्ने मनोज भेटवाल सहितका दोषीहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन नेपाल प्रेस युनियन काठमाडौंको स्थानिय प्रसासन र प्रहरीको गम्भीर रुपमा ध्यानाकर्षण गराउँछ ।’ युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘श्रमजिवी पत्रकारको क्षती गरिएका सञ्चार उपकरणको उचित क्षतिपूर्ती दिलाउन पनि युनियन माग गर्दछ । सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत युनियन सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदछ । पत्रकारमाथि भएको यस्ता आपराधिक घट्नामा संलग्नलाई प्रशासनिक कारवाही गरि क्षतिपूर्तीको ब्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी समेत यसै विज्ञप्ती मार्फत दिन चाहन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्