×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीका समयमा `तेलवाला´हरुको `लुट´, लिटरमै १०० रुपैयाँले बढ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महामारीका समयमा `तेलवाला´हरुको `लुट´, लिटरमै १०० रुपैयाँले बढ्यो !

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना महामारीका बेला तेलवालाहरुले खाने तेलमा ब्यापक लुट गरिरहेको पाइएको छ । पछिल्लो समय खाने तेलको भाउ अस्वभाविक रुपमा बढाएर प्रतिलिटर २५० सम्म पुर्याइएको छ । 
६ महिना अघिको तुलनामा अहिले खाने तेलको भाउ लिटरमै १ सयसम्म बढेको पाइएको छ । उपभोक्ता र खुद्रा व्यापारीले अस्वभाविक भनेपनि उद्योगीहरु भने कच्चा पदार्थको मूल्य बढ्दा त्यसको असर तयारी तेलमा परेको बताएका छन् । केहि समयअघि १२० देखि १४० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य अहिले लिटरमै २४० देखि २५० सम्म पुगेको खुद्रा व्यापारीको गुनासो छ ।
अहिले बजारमा भटमासको तेलको भाउ २२० रुपैयाँ प्रतिलिटरमा पाउन छाडेको छ ।  यसरी बजारमा तेल बढ्दा सम्बन्धित निकाय भने मौन देखिन्छ । यद्यपी आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मूल्यका विषयमा अध्ययन पनि थालिएको बताएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: