×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

चौधरी फाउण्डेसनद्वारा १८ बेडको आइसीयु वार्ड वीर अस्पताललाई हस्तान्तरण

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चौधरी फाउण्डेसनले देशकै जेठो अस्पताल, वीर अस्पतालमा आईसियु वार्ड स्थापना गरि आज अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो ।
चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरेका छन् । 
वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याको गरि कुल १८ शय्याको आईसियू वार्ड निर्माण भएको हो । विश्व बजारमा उपलब्ध अत्याधुनिक प्रविधी प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको फाउण्डेसनले जनाएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal