- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको २३औँ वार्षिक साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट हुने जेठ ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय गरेको हो ।
कम्पनीले सभा तथा लाभांश वितरणका लागि जेठ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहि अनुसार आज आइतबारसम्म सेयर किन्नेले कम्पनीको लाभांश पाउनेछन् । यस्तै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७७/ ७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।