×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

धितोपत्र बोर्डको विज्ञप्तिविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार सुनुवाई भईरहेको छ । बिहान १० बजेदेखि सुरु भएको रिटमा अधिवक्ता रविन बोहजु बहस गर्दैछन् । उनले उक्त विज्ञप्ति बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । 
रिटमाथि आइतबारका लागि पेशी तोकिएको छ । आइतबारका लागि तोकिएको कुल ४६ वटा सूचीमा मुद्दा नम्बर ०७७ WO ११९२ नम्बर रहेको बोर्डविरुद्धको सूची ४४औं स्थानमा रहेको छ । नेपालको संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी अधिवक्ता बोहजुले शुक्रबार विहान सर्वोच्चमा रिट दायर गरेका थिए । 
सो रिटमा नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई समेत विपक्षी बनाइएको थियो । बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र कानुन सम्मत नभएकोले बदर गर्न माग गरिएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal