- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । ज्योति लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक कार्यको समिक्षा गरेको छ । बिहिबार कम्पनिको धनगढी शाखामा जिल्लाभरीका विभिन्न ठाउँबाट कम्पनिसँग जोडिएका झण्डै ४० जनाको उपस्थितिमा वार्षिक समिक्षा, सम्मान तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ अधिकांश पेशा, व्यवसाय, नाफा तथा गैरनाफामुखी संघसंस्थासँगै वित्तिय क्षेत्रका लागि पनि निकै कठिन बन्यो । सोहि अनुरु विभिन्न उद्धेश्यका लागि स्थापना गरिएका इन्स्योरेन्स कम्पनिका लागि पनि गतवर्ष त्यत्तिकै जटिल बनेको थियो । यसैबीच उक्त कठिन वर्षको समिक्षा र उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सि म्यानेजरलाई सम्मान सहित आगामी वर्षको व्यावसायिक योजनाका विषयमा छलफल गर्दै ज्योति लाईफ इन्स्योरेन्सको धनगढी शाखाले कार्यक्रम सम्पन्न गरेको इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख देशराम चौधरीले बताए । उनले भने, ‘सम्मानसहितको आजको कार्यक्रमले थप उर्जा मिलेको छ ।’ बाँकी फोटोमा हेर्नुहोस्ः