×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काश्मीर विश्वविद्यालयद्धारा भर्चुअल ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना, सिकाईको वातावरणलाई जीवन्त राख्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काश्मीर विश्वविद्यालयद्धारा भर्चुअल ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना, सिकाईको वातावरणलाई जीवन्त राख्ने उद्देश्य

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

श्रीनगर । भारतको काश्मीर विश्वविधालयले भर्चुअल रुपमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको छ । जम्मु काश्मीरस्थित काश्मीर विश्वविधालयले अज्मत ए रमादान उल मुबारक शिर्षक ट्यालेन्ट हन्ट कार्यक्रम भर्चुअल रुपमा आयोजना गरेको हो ।

विश्वविधालयका छात्रवासले उक्त कार्यक्रम आयोजना गरेको हो । यसअघि पनि छात्रवासमा सिकाईको वातावरणलाई जीवन्त राख्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रम अनलाइन मार्फत सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा विश्वविधालयका रजिष्ट्रार डा.निसार अहमद मीर र प्रोफेसर शोकत ए शाह सम्मानित अतिथिको रुपमा उपस्थित थिए ।

प्रमुख अतिथि डा. निसारले पवित्र रमादान पर्वबारे वक्तव्य दिएका छन् । उनले छात्रवास र विद्यार्थी विकासका लागि विश्वविधालयले सदैव सहायता गर्ने भन्दै सक्रिय रुपमा यस्ता कार्यक्रममा भाग लिन विद्यार्थीहरुलाई आग्रह गरे ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी