×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको अभिव्यक्तिबारे अर्थ सरोकारका सम्पादकको स्पष्टीकरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्रीको अभिव्यक्तिबारे अर्थ सरोकारका सम्पादकको स्पष्टीकरण

Artha Sarokar

२ आश्विन २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लेख्नै पर्ने ठानेर यति लेखें है !
हिजो आइक्यानको कार्यक्रममा बरिष्ट चार्टड एकाउन्टेन्ट टिआर उपाध्यायले सेयर मूल्यका बारेमा आइक्यानले धारणा राख्नुपर्छ भनेपछी अर्थमन्त्री ‘सेयर बजार’को नाम नलिइकन बजारलाई हावा भरिएको आशयको अभिव्यक्ति दिनुभयो । हावा भरिएको, हावा खुस्क्यो भने के हुन्छ वा मलाई यसबारेमा धेरै नबोल्नु भनिएको छ भन्ने उहाँको अभिव्यक्तिले उहाँले भन्न खोज्नुभएको कुरा स्पष्ट हुन्छ । बजार प्यानिक स्थितिमा छ । निकै माथि जानुपर्ने बजार निरन्तर घटिरेहेको छ । यस स्थितिमा अर्थमन्त्रीले यस्तो बोल्नु हुँदैन, बरु लगानीकर्ताका अगाडी आफ्नो भनाई सच्याउनुपर्छ भन्ने असल नियतका साथ हामीले सो भिडियो सार्वजनिक गरेका थियौं । सुरुमा प्रश्न उठ्यो- किन काटेर यति मात्र भिडियो राखेको । उत्तर सहज थियो सेयर बजारका बारेमा उहाँले त्यति नै बोल्नुभएको थियो । त्यो पनि घुमाउरो पारामा । सिएहरुले सो कुरा बुझेर हाँसेका पनि थिए । बजारमा राम्रो उपस्थिति भएका सिएहरुका लागि अर्थमन्त्रीज्युको भनाई काफी थियो । बजारमा थप प्यानिक स्थिति नआओस्, र त्यसका लागि अर्थमन्त्रीले आफुले बोलेको फिर्ता लिनुहोस् भन्ने मेरो पवित्र आशय थियो । तर भईदियो उल्टो । उहाँका कार्यकर्ताहरुले मलाई पो उल्टै गाली गर्न थाले । यो हदसम्मकि मेरो तस्विरको दुरुपयोगसमेत गरिएको छ ।
म आम लगानीकर्ताहरुलाई स्पष्ट भन्न चाहान्छु, मैले सो कुरा सेयर बजारबारे भनेको होइन भनेर अर्थमन्त्रीबाट आओस । त्यसपछि लगानीकर्ता प्यानिक हुँदैनन् । अर्थमन्त्रीबाट सो कुरा आयो भने म आम लगानीकर्ताहरुसँग माफी माग्न पनि तयार छु । तर यो वा त्यो बहानामा बजार प्यानिक बनाइनु हुँदैन भन्ने कुरामा म स्पष्ट छु । केहि दिन यता नै सन्चो छैन । त्यसमाथि आज शनिबार । घरमा आराम गरिरहेको छु । धेरै फोन एसएमएसहरु आइरहेका छन् । एक दुईवटा कल रेस्पोन्स गरेको थिएँ । रेस्पोन्स गर्न पाको छैन । यहि मौका छोपी, मेरो चरित्र हत्या गर्ने गरी केहि साथीहरुले फेक आइडीबाट मेरा बारे गर्नुभएको आपत्तिजनक पोष्टको डिटेल राख्न कानुन व्यवसायीलाई भनिसकेको छु । भोलि साइबर अपराधमा केस गर्नेनै छु ।
फेरी पनि स्पष्ट पार्न चाहान्छु । अर्थमन्त्रीले सेयर बजारबारे सो कुरा भनेको होइन भन्नुभयो भने सबैभन्दा खुसी म नै हुनेछु र माफी माग्नेछु । तर लगानीकर्तालाई प्यानिक बनाउनेगरी उहाँले दिनुभएको अभिव्यक्तिले बजारलाई राम्रो असर पक्कै गर्दैन । अन्तमा: कुनै पार्टिको कार्यकर्ता भएर होइन, लगानीकर्ता भएर सोचिदिनुहोला । यो बजार रहे न हामी रहनेछौं । स्वास्थ्य लाभ लिइरहेको छु, पूरा सन्चो भएपछि थप प्रष्टीकरणसहित आउनेछु ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी