×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा भारी गिरावट हुँदा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाए

PRIME CA

नेप्सेमा भारी गिरावट हुँदा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाए

अर्थ सरोकार

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।

बुधबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस अलावा कर्पोरेन्ट डेभलपमेन्ट बैंक, छ्याङदी हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । राष्ट्रिय बीमाको सेयरमा यस्तो गिरावट आउँदा एनआईबिएल समृद्धि फण्ड-१, हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा सानिमा लाईफ इन्स्योरेन्स,आईसिएफसी फाइनान्स, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: