Skip to content
LAXMI SUNRISE BANK

दशैंलाई लक्षित गर्दै एशियन लाईफ ईन्स्योरेन्सले दियो आधारभुत अभिकर्ता तालिम

अर्थ सरोकार

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनिको भैरहवा शाखाले अभिकर्ताका लागि आधारभुत तालिमको आयोजना गरेको हो ।

नजिकिँदै गरेको दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै शाखाले तालिमको आयोजना गरेको शाखा प्रबन्धक सुदिप पाण्डेले जानकारी दिए । बीमाको शान्दर्भिकता, महत्व र भूमिका बढ्दै गएको भन्दै समुदायमा भिजेर काम गर्नुपर्ने पाण्डेले बताएका छन् । उनले भने, ‘सफल अभिकर्ता बन्नका लागि समुदायको विश्वास जितेर काममा केन्द्रित हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै शाखा प्रमुख पाण्डेले सम्पुर्णमा दशैं, तिहार तथा छठपर्वको शुभकामना समेत दिएका छन् । त्यस्तै मधु कंडेल तथा अभिकर्ता गोबिन्द पन्तले समेत तालिममा उपस्थित अभिकर्ताहरुलाई शुभकामना व्यक्त गरेका छन् । तालिमको सहजिकरण प्रसिद्ध भण्डारीले गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK