काठमाडौँ । अहिले जताततै तरलता संकटको चर्चा छ । संकटको स्थितिका बीच तरलता कसरी व्यवस्थापन गर्ने भन्ने बहस पनि यतिकै छ । यहि बीचमा पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले तरलता व्यवस्थापन गर्ने उपायबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
व्यवस्थापनका उपायबारे आफ्नो धारणा राख्दै उनी भन्छन्- ‘ गैर आवासीय नेपाली लगायत सबै विदेशी निक्षेपकर्ताहरुलाई विदेशी मुद्रा (ख़ास गरेर अमेरिकी डलर) को निक्षेपहरुमा विदेशमा दिईयको व्याजदर भन्दा आकर्षक व्याजदर दिउँ ! गैर आवासीय नेपालीहरुलाई नेपालमा नेपाली मुद्राको साथै विदेशी मुद्राको निक्षेप राख्न आव्हान गरौं !
विदेशी मुद्राको निक्षेप जम्मा भय पछि नेपाल राष्ट्र बैकले निश्चित अवधीका लागि ( न्यूनतम एक वर्ष) अमेरिकी डलर र नेपाली रुपयाको विचको स्वाप ( प्रीमियम दर वोलकवलका आधारमा निर्धारण गर्नु पर्ने) को माध्यमबाट बैकहरुलाई नेपाली रुपयाको तरलता उपलब्ध गर्ने !
यो मेकानिज्म अनुसार बैकहरुले अहिले डलर राष्ट्र वैकलाई दिने र राष्ट्र वैकले बैकहरुलाई नेपाली रुपया दिने ! निश्चित अवधि पछि (मानौ एक वर्ष पछि) राष्ट्र वैकले वैकलाई डलर फिर्ता दिने र वैकहरुवाट प्रीमियम समेत नेपाली रुपया फिर्ता लिने । यसले गर्दा कर्जाको माग पनि पुरा गर्न सकिने र डलरको संचितिमा पनि सुधार हुनेछ । व्यवसायहरुको कर्जाको माग पुरा गर्न सकेमा व्यापार व्यवसाय राम्रो हुदै सरकारको राजस्व अभिवृद्धि हुदै देशको आर्थिक वृद्धि उच्च हुनेछ ।
सरकारी खर्च बढाउदा, आयात प्रतिस्थापन गर्ने र /वा नियन्त्रण गर्दा, निर्यात प्रवर्द्धन गर्दा, विदेशी मुद्रामा कर्जा लिदा (आदि ईत्यादी) तरलतामा सकारात्मक प्रभाव पर्ने नै छ ।
यसो गरे कसो होला?’