स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहण कार्कीले सेयर बजार बढेको देखी नसहेर धितोपत्र बोर्डले बेला बेलामा लगानीकर्ता सचेत गराउने नाममा त्रासको व्यापार गरेको आरोप लगाउंदै अव त्यस्तो भए धितोपत्र बोर्डविरुद्ध अडिग भएर लड्ने चेतावनी दिएका छन् । बेला बेलामा धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई बढेको बजारमा सचेत हुनु भन्ने मनसायको विज्ञप्ति जारी गर्दै आएको छ । तर बजार घटेका बेला भने बोर्डले लगानीकर्ताहरुलाई संयम बनाउने कुनै पनि काम नगरेको भन्दै उनले बोर्डलाई काम नलाग्ने ‘लन्ठु’संस्थाको रुपमासमेत चित्रित गरेका छन् ।
अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले धितोपत्र बोर्डले गरिरहेको बदमासीका बारेमा पनि खुलेर बोलेका हुन् । उनले कार्यक्रममा आफुहरुले लगानीकर्ताका पक्षमा गरिरहेको कार्यक्रमका बारेमा पनि बोलेका छन् । उनले अव आफ्नो संगठन सानो नभएको र अव बोर्डले लगानीकर्ताको विपक्षमा कुनै निर्णय गरे त्यसको खुलेर प्रतिवाद गर्ने बताएका छन् । हेर्नुहोस्- उनको अन्तर्वार्ता:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्