×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्थाले नाफामा मार्यो छलाङ, अन्य सूचकहरुमा पनि लोभलाग्दो प्रगति (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सामुदायिक लघुवित्त वित्तीय संस्थाले नाफामा मार्यो छलाङ, अन्य सूचकहरुमा पनि लोभलाग्दो प्रगति (विवरणसहित)

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड ५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा ८४१.१६ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा भने ११ लाख २० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ५७ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

गत वर्ष भने कम्पनी ४८ लाख ५४ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । कम्पनीको निक्षेप संकलन १५.९८ प्रतिशत र कर्जा लगानी १७.२१ प्रतिशत रहेको छ । यसैगरी कम्पनीको रिजर्भ कोषमा ३८.५१ प्रतिशतले वृद्धि भएर ७ करोड ९२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ४० पैसाबाट बढेर ३१ रुपैयाँ ९४ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी