×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर महिनामा ९१ कम्पनीले ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा पाए, क–कसले, कति–कति पाए ? (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंसिर महिनामा ९१ कम्पनीले ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा पाए, क–कसले, कति–कति पाए ? (सूचीसहित)

Artha Sarokar

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर मसान्तसम्म आइपुग्दा ९१ कम्पनीले ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा पाएको जनाएको छ । राष्ट्र बैंकका अनुसार २९ बैंक तथा वित्तीय संस्थामार्फत उक्त पुनरकर्जा दिइएको हो ।
९ अर्ब ३८ करोड रुपैयाँ साधारण पुनरकर्जा दिइएको छ भने २ अर्ब ४५ करोड रुपैयाँ विशेष पुनरकर्जा दिइएको छ । राष्ट्र बैंकले पुनरकर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ । सो क्षेत्रमा कुल पुरकर्जामध्ये ५१.९७% गएको हो ।
पर्यटन क्षेत्रमा ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँ बराबरको पुनरकर्जा वितरण भएको छ । यस्तै जलविद्युत् क्षेत्रमा २ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १९.९१% पुरकर्जा प्रवाह भएको छ । उत्पादनमूलक क्षेत्रमा १६.६८% पुरकर्जा प्रवाह भएको छ ।
यस्तै शिक्षा क्षेत्रका कम्पनीहरुले ८५ करोड ४९ लाख, यातायात व्यावसायीहरुले २४ करोड ५३ लाख, अस्पताल व्यावसायीहरुले २० करोड र कपडा व्यावसायी तथा उद्योगीहरुले ५ करोड ४७ लाख रुपैयाँ पुनरकर्जा पाएको राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी