काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने (आज) सोमबार अन्तिम दिन हो । बैंकले माघ ३ गतेबाट २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । बैंकका अनुसार १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । ५५ भने सामूहिक लगानी कोषलाई बिक्री गरिने भएको छ ।
सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । लगानीकर्ताले सोमबार बैंकिङ समयसम्म मात्र यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।