काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार छ ।
साथै सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।
सभाले सञ्चालक निर्वाचन, लाभांश प्रस्ताव लगाएतका विशेष प्रस्तावसहित सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्