×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चरम विवादमा तानिएको सर्वोत्तम सिमेन्टले फेरि बुक बिल्डिङबाट आइपीओ जारी गर्ने प्रस्ताव राखेर बोलायो एजिएम

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चरम विवादमा तानिएको सर्वोत्तम सिमेन्टले फेरि बुक बिल्डिङबाट आइपीओ जारी गर्ने प्रस्ताव राखेर बोलायो एजिएम

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विवादमा तानिएको सर्वोत्तम सिमेन्ट कम्पनीले फेरि बुक बिल्डिङबाट आइपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सभा  माघ ५ गते डाकेको हो । कम्पनीले सभामा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले आइपीओ निष्कासनका लागि सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने एजेन्डा पनि छ । यता रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ । कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ४०% अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी