×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा हुवावेमार्फत जासुसी संयन्त्र फैलाउँदै चीन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालमा हुवावेमार्फत जासुसी संयन्त्र फैलाउँदै चीन

Artha Sarokar

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावे विश्‍वव्यापीरुपमा विवादमा छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायतले ‘हुवावे’ माथि प्रतिबन्ध नै लगाएका छन् । तर, नेपालमा भने नेपाल टेलिकमका कामहरुको ठेक्का सन्तोषजनक नभएको अवस्थामा पनि ‘फोर जी’ र फाइभ जीको काम हुवावेलाई नै जिम्मा लगाइएको छ । हुवावेले नेपालमा चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनल (सिसिएसआइ) मार्फत कामहरु गरिरहेको छ । यस कम्पनीले हुवावेकै सामान नेपाल टेलिकमलाई बिक्री गरिरहेको छ । जेडटीई र हुवावे खराब आर्थिक ब्यबहार भएका चीनियाँ कम्पनिका रुपमा पनि चिनिन्छन् । तर, नेपाल टेलिकमको फोरजी र फाइभजी प्रोजेक्ट सीसीएसआइमै निर्भर छ ।

हुवावेले आफ्ना संयन्त्रमार्फत जासुसीका कामहरु गरिरहेको भन्दै शक्तिशाली मुलुकहरुले पनि प्रतिबन्ध लगाएको समयमा नेपालमा भने यसले निरन्तर काम गरिरहेको छ। ०७६ वैशाख २१ र २२ गते सर्भर नै डाउन हुनेगरी नेपालका २ सयभन्दा धेरै महत्वपूर्ण सरकारी वेबसाइटमा साइबर आक्रमण भएको थियो। सो आक्रमणमा हुवावेसँग आबद्ध त्यही चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनल नामक कम्पनीका ह्याकरहरुको संलग्नता रहेको सुरक्षा स्रोतले पुष्टि गरेको थियो । हाल नेपालमा हरेक नागरिकसँग नेपाल टेलिकमको पहुँच रहेको छ । नेपालीका हरेक तथ्यांकहरु टेलिकमसँग हुने भएकोले हुवावेजस्तो जासुसी संस्थासँग तत्काली सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले करोडौं कमिसनमा परेर सम्झौता गराएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी तथा प्रहरी मुख्यालयको आईटी निर्देशनालयको संयुक्त टोलीले चिनियाँ कम्पनीहरुको संलग्‍नता रहेको बताएको थियो । नक्सालस्थित प्रहरी मुख्यालय नजिकै भाडामा लिइएको कम्पनीको कार्यालयमा प्रहरीले छापा मार्ने क्रममा करिब २५ जना चिनियाँ प्राविधिक कार्यरत थिए। सुरक्षा श्रोतका अनुसार प्राविधिकहरुसँगको सोधपुछका क्रममा वैशाख २१ र २२ गते २ सय भन्दा धेरै सरकारी वेबसाइटमा साइबर आक्रमण गर्नुमा उनीहरुकै संलग्नता रहेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार प्रहरीले छापा मारेसँगै चिनियाँ प्राविधिकहरु ‘अत्तालिएर’ आफ्ना सामान लिएर भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले ल्यापटप बरामद गरी केही प्राविधिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । नियन्त्रणमा लिइएका चिनियाँ प्राविधिकसँग सोधपुछ गर्ने क्रममा केही शंकास्पद चिनियाँ नागरिक आएर पक्राउ परेका मानिसहरुलाई सुरक्षित रुपमा भगाउन सहयोग गरेका थिए ।

चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनलसँग नेपाल टेलिकमले मुलुकमा फोरजी सञ्जाल स्थापना गर्न अप्टिक फाइबर विछ्याउनका लागि ठेक्का सम्झौता गरेपछि सर्भे गर्न भन्दै १० जना नेपाली र अन्य चीनियाँ नागरिकसहित ३५ जना सफ्टवेयर इन्जिनियरलाई नियुक्त गरेको थियो । नेपाल टेलिकममा हुवावेको उपस्थिति मुलुकको सुरक्षा तथा सञ्चार प्रणालीका लागि नै खतरा भएको बताउँदै आएका छन्। यसरी नेपालमा हुवावे आफ्नो जासुसी संयन्त्र फैलाइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी