×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापार घाटा बढ्दो, विलासी वस्तुको आयात रोक्न सरकार असफल, अनुसा थापाको लेख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

व्यापार घाटा बढ्दो, विलासी वस्तुको आयात रोक्न सरकार असफल, अनुसा थापाको लेख

१४ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

पहिलेका बुढापाकाले भन्थे,‘सुन किनेर राख्यो भने त्यो जुनसुकै बेलामा पनि काम लाग्न सक्छ । बैकंमा राखेको पैसाभन्दा बढी भर सुनको हुन्छ ।’ आपतविपत पर्दा तत्कालै बेचेर प्रयोग गर्न मिल्ने, अर्कोतिर बैंकमा जस्तो झन्झट पनि नहुने। कतै जाँदा लगाउनुपप्यो भने पनि आफुसंगै हुन्छ । यता, अफिस बिदा भएको दिन पनि अप्ठ्यारो नपर्ने । १० नबजिकन वित्तिय संस्था खुल्दैन् । बेलुका ४ बजेपछि यी संस्था बन्द भइहाल्छन् । तर, पैसाले त बिहानबेलुका र बिदाको दिन भन्दैन् । जतिखेर पनि आवश्यकता पर्न सक्छ ।

पछिल्लो समय सुनमा आकर्षण बढ्दो छ । सुन किन्ने सर्वसाधारणहरुको संख्या पनि उत्तिकै बढेको छ । सुन एउटा यस्तो वस्तु हो जुन विवाहका निम्ति अनिवार्यझै छ । यता, केही पैसा हुनेबित्तिकै सुनमा लगानी गरौं भन्ने मनशाय भएका मानिसहरुको कमी छैन् । किन कि सुनको मूल्य प्रत्येक दिन बढिरहेको छ । अहिले सुनको मूल्य प्रतितोला एक लाखको हाराहारीमा पुगेको छ । हिजोको दिनमा जसले बाठो भएर सुनमा लगानी गर्यो उसलाई धेरै नाफा भएको छ । सुन किनेर राख्नेहरु मूल्य बढेपछि दंग परेका छन् । तर, जसले बढी व्याज खानका निम्त वित्तिय संस्थामा राखे उनीहरु चिन्तित भएका छन् । किन कि उनीहरुले व्याज पाएका छैनन् भने सावा कै खोजीमा हरहमेशा निस्किनुपर्ने बाध्यता आइपरेको छ। त्यस्तै, सेयर, घरजग्गा र निजी गाडीमा लगानी गर्नेलाई ‘मर्नु न मोटाउनु’ भएको छ । यी तीन क्षेत्रमा लगानी गरेकाहरु अहिले चिन्तित भइसकेका छन् । किन्ने कोही छैनन् भने बेच्ने यत्तिकै छन् । पहिले एउटै जग्गा हेर्नका लागि दिनमा दश हुल जति ग्राहकहरु आउथे । तर, अहिले एउटा पनि आउदैनन् ।केही वर्ष अघिसम्म पचास लाखमा बिक्री हुने जग्गा अहिले दश लाखमा बेच्छु भन्दा पनि किन्ने मान्छे छैनन् ।

तीन हजार कित्तामा किनेको सेयर सय रुपैंयामा पनि बिक्दैन् । निजी प्लेटको गाडी पनि उस्तै । तर, सुन दिन दुई गुणा र रात चौगुणाले बढिरहेको छ । पैसा हुनेजतिको एउटै सोचाइः अहिले किनेर राख्ने, मँहगो भएपछि बेच्ने । यता, भोजभतेर गर्नुपर्यो भने पनि सुनको खाँचो उत्तिकै हुन्छ । त्यसैले सुनमा लगानी गर्नु सबभन्दा उत्तम उपाय मानिएको छ । पहिलेको एउटा उखान,‘ बगेको ठाडो खोला पनि १२ वर्षमा फर्किन्छ । धैर्य गर्न मात्र ग्राहो हो ।’ अहिले ठ्याक्कै त्यस्तै नै भयो ।
घरजग्गा, सेयर र निजी प्लेटका गाडीका कारण बाटो बिराएकाहरु फेरिपनि सुनमै लगानी गर्न आइपुगेका छन् । वित्तिय संस्थामा पैसा भएपनि अहिले प्रयोग गर्न सक्ने स्थिति छैन् । किनकि बैंक र सहकारीमा आर्थिक तरलता बढ्दो छ । तर, बाडाले छिनमै पैसा दिन्छ । खाँचो परेको बेलामा बैंकमा राखेको पैसाभन्दा पनि सुनको महत्व बढी देखिन्छ । आफ्नो बचत गरेको रकमसकेत सर्वसाधारणले निकाल्न पाएका छैनन् । सुन हुनेले बाडामा लगेर राख्छन्, पैसा निकाल्छन् ।
पछि सुनको पैसा तिर्छन् आफ्नो गरगहना आफैले लिएर जान्छन् । बैंक जति झण्झट खेप्नपर्ने बाध्यता रहेन् । अहिले सुन पसलमा ग्राहकहरुको चर्को भीड छ । सुन पसलेलाई गरगहना बेच्न भ्याइनभ्याई भएको छ । अचानक सुनमा यत्रो खरिदकर्ता बढ्नु भनेको लगानी गर्ने ठाँउ नहुनु हो । बैंकमा लगेर राख्यो भने फिर्ता नपाउने डर । घरजग्गा र सेयरमा लगानी गप्यो भने मूल्य घटेको घट्यै । त्यसैले सुनतिर सबैको आकर्षण बढेको हो । जोखिम पनि नहुने, चाहिएको बेला फुत्त झिकेर प्रयोग गर्न मिल्ने ।

तर, सुन हाम्रो मुलुकमा उत्पादन हुदैन् । विभिन्न मुलुकबाट डलरमा खरिद गरेर सुन भित्राइन्छ । सुन खरिद गर्नका निम्ति सरकारले डलरको प्रयोग गर्ने गरेको छ । जसका कारण व्यापार घाटा बढ्ने देखिन्छ । सर्वसाधारणहरुको सुनप्रति आकर्षण बढ्नु एक हिसाबले मुलुकका लागि नराम्रो पनि हो । किन कि यसले विदेशी मुद्राको सञ्चिति झनै घट्दै जान्छ । देशको अर्थतन्त्रमा धक्का पुगेपछि सरकारले पछिल्लो समय निश्चित परिणाममा मात्र सुन भित्राउन दिन्छ । तर, यसमा पनि प्रतिबन्ध लगाउन जरुरी देखिएको छ । सरकारले हालै मात्र सार्वजनिक गरेको व्यापार प्रतिवेदनमा घाटा बढेको छ । माछादेखि लिएर दुधसम्म नेपालले बाहिरबाट आयात गरिरहेको छ । फलफुल र तरकारी पनि ठूलो मात्रामा बाहिरबाटै आउछ । निजी प्लेटका गाडी पनि बाहिरैबाट आयात गरिएको छ । चकलेट, प्लास्टिकलगातयका विलासी वस्तु पनि आयात गरिन्छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बेवास्ता गर्दा व्यापार घाटा दिनानुदिन बढिरहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी दलालीहरुसंग लुप्त हुँदा मुलुक तहसनहस बन्ने भो । किसानहरुले आफुले उब्जाएको तरकारीको मूल्य पाइरहेका छैनन् । दुध नबिकेर लगेर फ्याक्नुपर्ने बाध्यता छ । तर, अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीले नेपालमै उब्जनी भएकालाई बजारमा ल्याउनमा जोड नदिएर दलालीहरुसग मिलेर बाहिरी मुलुकबाट सामान ओसारिरहेका छन् । यस्तो असक्षम र सोचाइ नभएको अर्थमन्त्री र गर्भनर मुलुकले पाँउदा अर्थतन्त्र बिग्रियो । व्यापार घाटा स्वाटै बढ्यो ।

बजारमा मँहगी दिनानुदिन बढिरहेको छ । मँहगीले सम्पुर्ण नेपालीको ढाड सेकेको छ । अर्थतन्त्रमा झनै ठूलो संकट पर्ने देखिन्छ । तापनि, नालायक मन्त्री र गर्भनरलाई केही चासो छैन् । अर्थतन्त्रलाई यत्रो धक्का पुगिसक्दा पनि यिनीहरु पातमा किरा टासिएझै कुर्सीमा टासिएर बसेका छन् । नैतिकता थियो भने यिनीहरुले राजीनामा दिनुपथ्यो र सक्षम व्यक्तिलाई अर्थतन्त्र चलाउन दिनुपथ्र्यो । न प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुई व्यक्तिलाई हटाउन सक्छन् । कांग्रेस पार्टीभित्रै नै अर्थमन्त्री र गर्भनरलाई हटाउनुपर्ने भन्दै आवाज उठिरहेको छ । तर, प्रधानमन्त्री सुनेपनि नसुनैझै नाटकी रुप देखाएर बसेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्रीलाई हटाएर देशको अर्थतन्त्र सुधार्नतिर लागिपर्दैनन् । कांग्रेस र माओवादी मिलेर नेपाललाई श्रीलंका बनाउने भए । यता, विपक्षी पार्टी एमाले भ्रम फिजाएर भो लने दाउपेचसहित अघि बढिरहेको छ । कांग्रेस र माओवादीलाई आरोप लगाउदै सत्तामा आउने योजना एमालेले बुनेको छ । सहकारीहरु टाट पल्टिसकेका छन् । कति सहकारी बन्द भइसके । कति चलाउनै नसक्ने स्थितिमा आइसकेको छ । जनताले बचत गरेको पाँच अर्बभन्दा बढी रकम जोखिममा छ ।

सर्वसाधारणहरुले वित्तिय संस्थामा पैसा डिपोजिट राख्न छोडिसके । भएकाहरुको रातको निद्रा दिनको भोक हराएको छ । तर, अर्थमन्त्री र गर्भनरलाई कमिशनकै चिन्ता छ । कुनचाहि व्यापारीले कमिशन देला भनेर उनीहरु कुरिरहेका छन् । सहकारी र बैंकको कारणले धेरै आम नागरिक सडकछाप बन्दै छन् । हाम्रो नेपालमा सरकार छ र ? भनेर जनताहरुले प्रश्न उठाउन थालिसकेका छन् । सरकार भएको भए देशको अर्थतन्त्र सही ट्रयाकमा आइहाल्थ्यो, उनीहरु भन्छन् । सरकारमा चलाउने चाबी लिएर बसेकाहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । सरकारी गाडी चढ्छन् र अर्थतन्त्र ठिक छ भनेर जनतालाई ढाट्ने काम मात्र गर्दछन् । पाँच लाखको चेक लिएर गयो भने बैंकले साट्दैन् । सहकारीसंग एक लाखको चेक साट्न सक्ने क्षमता छैन् । हिजो जनताको पैसा हाँसेर लियो तर अहिले फिर्ता गर्ने बेलामा उनीहरुको दातबाट पसिना निक्लिएको छ । अब के गर्ने ? बचतकर्ताहरु अन्यौलमा परेका छन् । बचत गरेको रकम फिर्ता नगरेको धेरैको गुनासो छ । सबैले पैसा घरघरमा राखे भन्ने कुरा लुकाएर लुक्दैन् । लुकाएको पैसा सरकारले बाहिर ल्याउन सक्दैन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: