- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरसभामा बजेट पेश गरेको छ । शुक्रबार आठौँ नगर सभालाई सम्बोधन गर्दै उपप्रमुख कन्दकला कुमारी रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट नगरसभामा पेश गरेकी हुन् ।
चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले १ अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने आगामी आर्थिक वर्षमा २ करोड बढी बजेट विनियोजन गरेको छ ।
प्रस्तुत बजेट मध्येको १४ करोड ४२ लाख ११ हजार क्षेत्रगत कार्यक्रम तर्फ आर्थिक विकासमा खर्च गरिनेछ । कुल बजेटको ७४ करोड ७८ लाख ३३ हजार सामाजिक विकास तर्फ खर्च गरिनेछ भने पूर्वाधार विकासतर्फ कुल बजेटको ४५ करोड १० लाख ५२ हजार विनियोजन गरिएको छ । त्यस्तै कुल बजेटको ७ करोड ७३ लाख २१ हजार शुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ खर्च गरिनेछ भने कार्यालय संचालन तर्फ कुल बजेटको २२ दशमलव ७६ प्रतिशत अर्थात ४१ करोड ५८ लाख ७ हजार विनियोजन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्