×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘श्रीलंकाको आर्थिक संकटबाट नेपालका नेता भनौदाहरुले के सिक्ने ? देशै नरहे हामी रहनौं भन्ने बुझ्न किन ढिलो गर्ने ?’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘श्रीलंकाको आर्थिक संकटबाट नेपालका नेता भनौदाहरुले के सिक्ने ? देशै नरहे हामी रहनौं भन्ने बुझ्न किन ढिलो गर्ने ?’

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

अहिले हरेक जनतामा हाम्रो देश पनि श्रीलंकाकै स्थितिमा पुग्छ कि भन्ने शंका छ । नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्था पुग्न लागेकोभन्दै धेरै नागरिक चिन्तामा छन् । सबैजना एकजुट भएर सरकारलाई खबरदारी गर्न भनेर बहस चलेको छ । राजनीतिक दल र सरकारले जति ढाँटेपनि नागरिक समाज, राजनीतिक दलका कार्यकर्ता र नेपालीले सबै विषयवस्तु पत्ता लगाइसकेका छन् । सरकारले सत्य कुरा जति दबाउन खोजेपनि जनता अबुझ छैनन् ।
श्रीलंकामा पनि जनता झुक्याउदा झुक्याउदै विकराल स्थिति देखियो। योसँगै नेपालीहरुले एकसाथ आन्दोलनमा जानुपर्ने आवाज उठाईरहेका छन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, संसद् भवन घेर्नेलगायतका आन्दोलन गर्न पनि जनता पछि हट्नेवाला छैनन् । जनता सडकमा उत्रिए भने यिनीहरु देश नै छोडेर भाग्छन् । आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति त यिनीहरुले विदेशी बैंकमा राखेका छन् ।
श्रीलंका एकाएक यस्तो नाजुक अवस्थामा आइपुगेको होइन । त्यहाँको सरकार बेलैमा नियन्त्रण गर्नतिर नलाग्दा र मोजमस्तीमा रमाउदा जनताले एकदम नराम्ररी दुःख पाए । नेपाल पनि त्यही बाटोमा हिडिरहेको छ । तलबभत्ता, सेवासुविधा लिने कार्यको अन्त्य हुन सकेको छैन । कुनै पनि राजनीतिक दललाई नेपालको माया छैन । पैसा र सेवासुविधा भए पुग्ने रहेछ सायद । देश सकिएपनि नेताहरु भ्रष्ट्राचार गर्न छाड्दैनन् । जनताले कर तिर्दैनन्, विदेशीले ऋण दिदैन् अनि भ्रष्ट्राचार गर्न पाइदैन भनेर सरकारले ढाकछोप गरिरहेको बुझ्न गाह्रो छैन । बजारमा अहिले हरेक जनता नेपालको अर्थतन्त्र डुबिसकेको छ भनेर भनिरहेका भेटिन्छन् । यदि यो यथार्थ होइन् भने सरकारले स्पष्टीकरण त दिनुपर्यो । भुरादेखि बुढासम्म सबैले नेपाल श्रीलंकाकै अवस्थामा आँउछ भनिरहँदा सही के हो सरकारी पक्षले त प्रष्ट पारिदिनुपर्ने थियो, जुन हुन सकेको छैन ।
सरकारले अझै पनि ख्यालख्याल गर्ने हो भने यहाँ ठूलो दुर्घटना हुन्छ भन्ने कुरामा दुईमत छैन । नेपाल नसिद्धियोस् भनेर जनताले यति चासो देखाउँदा सरकार किन मौन छ ? कमाइखाने भाँडो बन्द हुन्छ, देश छोडेर भाग्नपर्छ भनेर सरकार डराएको हो ? नेपालको अर्थतन्त्र श्रीलंका जस्तो नहोस् भनेर सञ्चार माध्यमले घच्घचाउदा पनि सरकारी पक्षले मतलब गरेको छैन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चाँडो होस् कि ढिलो नेपाल श्रीलंकाकै अवस्थामा आँउछ भनेका थिए । स्थिति केहि गम्भीर छ भन्ने बुझ्न जरुरी छ ।
पेट्रोलियम पदार्थ खरिद गर्न नसकेर नेपाल आयल निगमले हात उठाइसकेको छ । उता, पेट्रोल र डिजेल हाल्न नसकेर सवारी साधन नै थन्काउनुपर्ने भएको छ । आयस्रोत छैन्, ग्याँसको भाउ पनि बढेको छ ।
ग्याँस जोगाउनका लागि काँचोकाँचै खाने बेला भइसकेको छ । खर्च कटौती गर्नतिर सबैजसो लागिपरेका छन् । खानेतेलको भाउ पनि निकै नै बढेको छ । आम्दानी हुने त खालान् तर नहुनुले तरकारीमा तेल नै हाल्न छोडिदिएका छन् । नेपालको अर्थतन्त्र धरासायी हुनुमा धेरै कारण छन् । वर्षेनी पढ्ने नाममा ६० अर्बभन्दा बढी रकम विदेशिने गर्दछ । नेपाली विद्यार्थीसंगै मोटो रकम पनि विदेशले लगिरहेको छ । यता, वित्तिय संस्थाले पनि मनलाग्दी लगानी गर्यो । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुको साटो बढी नाफा हुने ठाँउ बैंक र फाइनेन्सले हेर्यो । यसबाट राज्यलाई केही फाइदा छैन् । घरजग्गा, सेयर र गाडीबाट राज्यलाई के फाइदा ? औधोगिक क्षेत्रमा लगानी गरेको भए धेरै जनता रोजगार हुन्थे । आफ्नै देशको उत्पादनले धान्थ्यो । व्यापार घाटा पनि नियन्त्रणमा आउथ्यो । तर, यहाँ सबैले आफ्नो व्यक्तिगत फाइदा मात्र सोचे ।
नेपाल राष्ट्र बैंकले वित्तिय संस्थालाई छाडा छोडिदिदाँ देशमा भोकमरीतिर लाग्ने स्थिति छ । अब घरजग्गा, र गाडी टोक्ने ? पहिल्यै प्रतिबन्ध लगाइदिएको भए देशकै खाद्यान्नले धान्थ्यो । नेपालीमा घर-जग्गा बेचेर बसीबसी खाने प्रवृति हवात्तै बढ्यो । सरकारले कडाइ गर्न नसक्दा यसले गर्ने क्षति विस्तारै देखिदैछ । हाम्रो भान्सामा पाक्ने हरेक खानेकुरा विदेशी मुलुकबाट आँउछ । चामलमासमेत हामी परनिर्भर छौ । भारतले विस्तारै सबै खानेकुरा निर्यातमा रोक लगाउदैछ । भारतले प्रतिबन्ध लगाएसंगै नेपालीको दुर्दशा सुरु हुन्छ । देश हाँक्न गतिलो नेता नजन्मिदा पनि देश सकिने स्थितिमा छ। देश र अर्थतन्त्र सकाउने सरकारी कर्मचारी र नेता नै हुन् ।
हरेक क्षेत्र भ्रष्ट्राचारको दलदलमा फसेको छ । एउटा सानो काम गर्न पनि घुस माग्छन् । जहाँ पनि आफ्नो आफन्त छिराएका छन् । गर्न हुने- नहुने काम गरिरहेका छन् । भोलि यिनी त भाग्लान् तर तीन करोड जनता कहाँ जाने ? यिनीहरुले पो आफन्तको नाममा समेत पैसा लुकाएर राखेका छन् । जनतासंग के छ ? साँच्नै नै नेपालको माया लाग्छ भने सबै जनता एकजुट भएर लागि पर्नुपर्छ । गाउँदेखि सहरका जनताले सरकारलाई होसियार गर्नुपर्छ । अझै पनि चुप बस्ने हो भने बेहाल हुने आफ्नै हो । हुने त हिडिहाल्छन् नहुने मात्र यहाँ बाँकी रहन्छन् । देशलाई जसरी हुन्छ श्रीलंका हुनबाट जोगाऔं ।
नेता र सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बेला आइसकेकोछ । यिनीहरुको सम्पत्ति मात्र बाहिर निकाल्न सक्यो भने यहाँ पैसाको खोलो बग्छ । नेतादेखि लिएर सरकारी कर्मचारी सबै चोरचोरै मात्र छन् ।
श्रीलंकाका जनता सडकमा उर्लिएपछि नेपाली जनतामा पनि मनोबल बढेको छ । जनताभन्दा ठूलो कोही पनि रहेनछ भनेर प्रमाणित त श्रीलंकाली जनताले गरिसके । जनता सबै ओइरिए पछि सुरक्षाकर्मीको जोडबल केही पनि लाग्दैनन् । नेपाली जनता सोझा छन् भनेर आजसम्म शासन लाद्न खोजियो । जनताको हकअधिकार खोसेर मनलाग्दी गर्ने काम भयो ।
देशको हालत यस्तो बनाउनेमा त राजनीतिक दल नै हुन् । विदेशी ऋण लिएको छ तर कहाँ खर्च भइरहेको छ जनतालाई थाहा छैन । थाप्लोमा ७० हजार ऋण बोकेका छन् तर सेवासुविधाको महशुस भएको छैन । ऋण लिन भित्रभित्र मिलाउन अनि झ्वाम्म पार्ने । राजनीतिक दललाई बहिष्कार गर्नुपर्छ । यिनीहरुको हावादारी भाषण सुन्नु पनि गलत हो । अर्थतन्त्र बचाउनका लागि राजनीतिक दल असफल साबित भइसकेका छन् । राजनीतिक दलले कि आफैले सेवासुविधा त्याग गर । होइन् भने जनताले खोस्लान् । भ्रष्ट्राचार गरेको रकम पनि बाहिर ल्याऔं । जनताले खोजतलास गर्नुपर्यो भने नराम्रो होला । श्रीलंकाबाट अहिलेसम्म पनि राजनीतिक दलले पाठ सिकेको देखिदैन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: