काठमाडौं । सोल्टी होटलले लाभांश दिने निर्णय गरेको छ । होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । असोज ३१ गते आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।
सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्