Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा अवैध रुपमा ल्याइएको चिनीसहित सुर्तिजन्य पदार्थ बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा अवैधानिक रुपमा ल्याइदै गरेको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका फुलवारी क्षेत्रमा खुला सिमानाका भएर ल्याइदै गरेको चिनी र सुर्तिजन्य बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी फुलवारीका इन्चार्ज तथा सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारी जानकारी दिएका छन् ।

‘खुला सिमानाका भएर अवैध रुपमा सामान ओसारपसार भईरहेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले सामान बरामद गरेको हो’, सशस्त्र प्रहरी निरिक्षक भण्डारीले भने, ‘८ बोरा चिनी, १ बोरा सुर्ति र १ बोरा बिडी नियन्त्रणमा लिएका हौँ ।’

भण्डारीका अनुसार बरामद गरिएको सामान हसुलिया हुँदै कनरी पठाइदै गरेको अवस्थामा फेला परेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK