×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकै धनी बन्ने लाईनमा भारतका गौतम अडानी, २०२२ मा सम्पत्ति बढाउने व्यक्तिको सूचीमा पहिलो नम्बरमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विश्वकै धनी बन्ने लाईनमा भारतका गौतम अडानी, २०२२ मा सम्पत्ति बढाउने व्यक्तिको सूचीमा पहिलो नम्बरमा

Artha Sarokar

५ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतका अर्बपति गौतम अडानी विश्वकै सबैभन्दा धेरै सम्पत्ति वृद्धि गर्ने व्यक्ति बनेका छन् । सन् २०२२ मा मात्रै ४७ अर्ब अकेरिकी डलरले आफ्नो सम्पत्ति वृद्धि गर्दै अडानी सम्पत्ति वृद्धि गर्ने पहिलो व्यक्ति बनेका हुन् ।

रियल टाईम बिलिनियरको सूचीमा पनि अडानी तेस्रो नम्बरमा छन् । अडानीको हालको कुल सम्पत्ति १३३.७ बिलियन डलर रहेको छ । उनले सोमबार मात्रै २.४ बिलियन डलर सम्पत्ति बढाएका छन् । अडानी इन्टरप्राइजेजको सेयर भाउ बढेपछि उनको सम्पत्ति पनि बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सोही अवधिमा ट्वीटरका सीईओ एलन मस्क भने सबैभन्दा धेरै सम्पत्ति गुमाउनेहरुको सूचीमा प्रथम छन् । उनले सन् २०२२ मा मात्रै १ खर्ब १४ अर्ब अमेरिकी डलर गुमाएका छन् । हाल मस्क विश्वकै धनाढ्यको सुचीमा दोस्रो स्थानमा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी