काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदरमा गर्दै आएको भद्र सहमति तोड्ने निर्णय गर्यो । वर्षौंदेखि वाणिज्य बैंकहरुबीच भएको सहमतिमार्फत बैंकहरुले समान ब्याज दिँदै आएका थिए । तर, साउनमा भने वाणिज्य बैंकहरुले आफूखसी ब्याजदर निर्धारण गरे । कति बैंकले ब्याजदर घटाए भने कतिपय बैंकले ब्याजदर बढाए । यसैबीच केही बैंकहरुले सार्वजनिक गरिएको ब्याजदरलाई पुनः सच्याए । बैंकहरुले आर्थिक मन्दीमा पनि ब्याजदर बढाएको भन्दै चर्को आलोचना भईरहेको र केही बैंकलाई राष्ट्र बैंकले सचेत गराएका बेला बैंकर मनोज ज्ञवालीले त्यसप्रति प्रष्टीकरण दिएका छन् । उनले लेखेका छन्ः
‘बैंकिङ नबुझेर ब्याजदरको विषयमा गलत टिप्पणी भयो, हाम्रो उद्धेश्य ग्राहकहरुलाई प्रशस्त विकल्प दिनु हो’- मनोज ज्ञवाली
नेपाल बैकर्स एसोसिएसन ले बर्षो देखि सहमति मार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैकहरुले आफ्नो रणनैतिक योजना अनुसार ब्याजदर प्रकाशित गरे। धेरै समय पछि ALCO मा गहन छलफल पश्चात ब्याजदर प्रकाशित गरे बैंकहरुले। यसरी बैंकहरुले ८.९५% प्रतिशत देखि १०.९८ % सम्मको ब्याजदर प्रकाशित गरे पछि सामाजिक सञ्जालमा फेरी रोईलो र गाली शुरु भयो। हिजो सम्म NBA ले ब्याजदर मा सिन्डिकेट गर्यो, कार्टेलीङ गर्यो , खुल्ला बजारमा यस्तो किन? भनेर रोईलो गर्ने हरु फेरी अर्को बहानामा बैकर्स र बैकहर को बारेमा नराम्रो लेख्न र बोल्न थाले। हैन गर्न पर्ने चै के रै छ?
म नबिल बैंक संग सम्बद्द छु । कतिपय साथीहरुले नबिल जस्तो बैकले नि किन यस्तो गरेको भनेर प्रश्न गर्नुभयो। यसर्थ यस सम्बन्धमा केही धारणा राख्न चाहे।
१. खुल्ला बजारमा संस्थाहरुले आफ्नो योजना अनुसारका दरहरु प्रकाशित गर्ने हो। नौ वटा बैकहरुले ब्याजदर घटाएका छन, पाँच वटाले बढाएका छन भने ६ वटाले यथावत प्रकाशित गरेका छन। औषत उच्चतम ब्याजदर ९.९९% बाट घटेर ९.७८% कायम भएको छ। यसैले बैकहरुले ब्याजदर औषतमा घटाएका छन।
२. बढ्दो खराब कर्जा र घट्दो कर्जा मागका कारण होस वा पुजी पर्याप्तता यथेष्ट नभएका बैंकहरु यथास्थीती मा रहने निर्णय लिए र यथावत ब्याजदर कायम गरे। आफ्नो CD Ratio सहज भएका अनि बजारमा तरलता पर्याप्त छ र केही निक्षेप घट्दैमा फरक पर्दैन लागत घटाऔ, Base Rate घटेमा ब्यापार गर्ने पनि सजीलो हुन्छ भन्ने धारणा राख्ने बैकहरुले ब्याजदर घटाए। साउन महिनामा ठूलो रकमको संस्थागत निक्षेप नविकरण गर्ने पर्ने , CD Ratio ठिक्क भएका र ब्यापार बृद्दि निरन्तरता दिनुपर्छ भनेर रणनीति लिने बैंकहरुले ब्याजदर बढाए। सबैको रणनीति एउटै र अवस्था एउटै हुदैन, यो बुझ्नुपर्दछ।
३. ब्याजदर बढाउदा पनि समग्र निक्षेपको लागत कम नै रहन्छ किनभने गत बर्ष सम्म संस्थागत निक्षेपकर्तालाई मुद्दति निक्षेप व्याक्तिगत निक्षेपकर्ताको भन्दा २% कम हुनुपर्ने ब्यबस्था थिएन। ब्याजदर बढ्दा पनि ठूलो रकमको संस्थागत निक्षेपकर्ताको निक्षेप कम दरमा नविकरण हुनेछ। यसैले Average cost of deposit घट्ने नै छ।
४. नबिल बैंक को हकमा, असार सम्म ५.२०% ( NBB लाई प्राप्ति गरेका कारण १ बर्ष सम्म थप १% Spread कायम राख्न पाउने सुविधा सहित) रहेको Spread लाई साउन महिनाभित्र मै ४% मा झार्नुपर्नेछ। यसरी ब्याजदर अन्तर लाई घटाउदा यसको फाइदा ग्राहकहरुलाई दिनुपर्ने हुन्छ। हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरुलाई ७०% हाराहारी लाभ बाड्नुपर्छ भन्ने आधार बनायौ। १८ लाख भन्दा बढि निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकहरुलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन। कर्जा ग्राहकहरुलाई एक पटक Premium घटाईसके पछी बढाउने कुरामा नेपाल राष्ट्र बैक को निर्दैशन १५ बाधक छदैछ। हामीले एक बर्ष सम्मको निक्षेपको ब्याजदर बढाएको छैनौ बुझेर हेर्दा देखिन्छ की बैंकले Stategic Rate प्रकाशित गरेको हो । यति समझदारीपुर्वक लिईएको रणनैतिक निर्णय नबुझेर नबिल जस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणीमा जवाफ लेख्न मन लाग्यो।
खुल्ला बजारमा आफ्नो व्यवसायीक रणनीति अनुसार संस्थाहरुले फरक-फरक निर्णय लिन्छन र ग्राहकहरुलाई धेरै विकल्पहरू प्राप्त हुन्छ पनि यसर्थ बैकिङ्ग र यसका निर्णयहरुलाई सतही रुपमा बुझेर बितृष्णा फैलाउने प्रकारका टिप्पणी नभईदिए हुन्थ्यो भन्ने अपेक्षा छ। जय होस, शुभ होस !! (बैंकर मनोज ज्ञवालीको फेसबुकबाट)