×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार प्रचावः सेयरधनीको आँखामा छारो हाल्ने कृषि विकास बैंकले विवरण सच्यायो, लाभांश क्षमता घटायो !

अर्थ सरोकार

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार

PRIME CA

समाचार प्रचावः सेयरधनीको आँखामा छारो हाल्ने कृषि विकास बैंकले विवरण सच्यायो, लाभांश क्षमता घटायो !

काठमाडौं । आइतबार गलत विवरण सार्वजनिक गरेर सेयरधनी झुक्याउने कृषि विकास बैंकले विवरण सच्याएको छ । अर्थ सरोकारले ‘भ्रम छर्न सिपालु रहेट कृषि विकास बैंक, वित्तीय विवरणमा गलत तथ्यांक छापेर सेयरधनीको आँखामा छारो !’ शिर्षकमा सामाचार सम्प्रेषण गरेपछि बैंकले विवरण सच्याएको हो ।

आइतबार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको थियो । जहाँ बैंकले बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको विवरण प्रकाशित गरेको थियो ।

तर, बैंकले सार्वजनिक गरेको तथ्यांकहरु हिसाब गर्दा बैंकको लाभांश क्षमता १४.९० मात्रै हुन आउँथ्यो । यसरी बैंकले गलत विवरण प्रकाशित गरेको तथ्य थाहा पाएलगत्तै अर्थ सरोकारले समाचार सार्वजनिक गरेको थियो ।

सो समाचार प्रश्चात बैंकले प्रकाशित गरेको ‘झुठा’ विवरण सोमबार सच्याएको छ । एक सूचना जारी गर्दै बैंकले ‘गत आर्थि वर्ष २०७९/८० को चौथो त्रैमासको २०८०/०४/२० मा प्रकाशित वित्तीय विवरणमा वितरयोग्य आम्दानी प्रतिसेयर १४.९२ हुनुपर्नेमा १९.८९ प्रतिशत भएकाले सच्याइएको छ’ भन्दै झुठो विवरण सच्याइएको जानकारी गराएको छ ।

बैंकले यसरी गलत विवरण प्रकाशित गरेपछि बैंकको रिपोर्ट हेरेरै सेयर लगानीकर्ताहरुले सेयर किनेका थिए । बैंकले गरेको यो गल्ती गल्ती मात्र नभई चलखेलको माध्यम हुन सक्ने शंका लगानीकर्ताहरुले गरेका छन् । राम्रो विवरण देखाएर सेयर भाउमा चलखेल गरी बेच्ने र भोलीपल्ट सुधार गरेर सेयर भाउ घटाएर आफन्तका नाममा किन्ने काममा बैंककै कर्मचारीहरु लागेको चर्चा चलिरहेको बेला यो घटनाले सो शंकालाई थप पुष्टी नजिक लगेको लगानीकर्ताहरुको आरोप रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: