Skip to content
LAXMI SUNRISE BANK

मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

अर्थ सरोकार

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीको ७४ लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, कम्पनीको सेयर बिहीवार देखि धितोपत्रको दोस्रो बजार कारोबारमा आउने भएको छ । साथै, नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता सय रुपैयाँ देखि तीन सय रुपैयाँ सम्मको ओपन रेञ्ज तोकेको हो।

सो मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर बिहीवार देखि दोस्रो बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारण सेयरधनी सहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु, कर्मचारी सहित १४ लाख ९६ हजार ८ सय कित्ता तथा संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंबाट हुने जनाएको छ । साथै, कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको कम्पनीले जनाएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK