×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठौँ आयुर्वेद दिवसबारे काठमाडौँमा उत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आठौँ आयुर्वेद दिवसबारे काठमाडौँमा उत्सव

Artha Sarokar

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा आठौँ आयुर्वेद दिवसको अवसरमा आयुर्वेद क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । भारतीय राजदूतावासको आयोजनामा आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरेका छन् । उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी दिएका छन् । त्यस्तै, उनले यसवर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खानेसमेत बताएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गरेका छन् । उनले नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारेसमेत कार्यक्रममा प्रष्ट पारेका छन् ।

त्यस्तै, डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरू प्रदान गरेको छ, त्यसबारे जानकारी गराएका छन् ।

चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए । उनले नेपालमा आयुर्वेद चिकित्साको समृद्ध इतिहासबारे जानकारी गराएका छन् । भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी