×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक लेखा समितिकै सदस्यहरुले बोली फेर्नुको कारण यस्तो रहेछ, `सल्लाह´मै रोकियो हिमालयन रिको आईपिओ !

अर्थ सरोकार

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार

PRIME CA

सार्वजनिक लेखा समितिकै सदस्यहरुले बोली फेर्नुको कारण यस्तो रहेछ, `सल्लाह´मै रोकियो हिमालयन रिको आईपिओ !

काठमाडौँ । आइतबार दिनभर हिमालयन रिको आईपीओको रोक्न धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको विषय चर्चामा रह्यो । सुरुमा बोर्डलाई सो आईपीओ रोक्न निर्देशन दिने नै निर्णय भएको जानकारी समितिका विभिन्न सदस्यहरुले मिडियालाई गराएका थिए । पछि निर्देशन नभई बरु स्पष्टीकरणमात्र सोधिएको भन्न भ्याए, तिनै सदस्यहरुले । यतिसम्म त कतिपय सदस्यले आफुले छलफल गर्दा निर्देशन नै दिने भन्ने कुरा भएको तर पछि स्पष्टिकरण पत्र बुझाएको सुन्दा आफैँ छक्क परेको अभिव्यक्ति दिए । धितोपत्र बोर्डका अधिकारीहरुको पनि फरक फरक जवाफ आयो । बोर्ड अध्यक्ष रमेश कुमार हमालले आफुलाई पत्रबारे जानकारी नभएको तर्क गरे भने बोर्डका दुई निर्देशकमध्ये एक जनाले स्पष्टिकरणमात्र आएको, रोक्न निर्देशन नआएको बताउँदा अर्का निर्देशकले भने आईपीओ रोक्न निर्देशन नै आएको बताए । समितिका सदस्यले बोली फेर्नु र बोर्डमै दुईथरी मत आउनुले ‘दालमा केहि कालो छ’ भन्ने शंका आइतबार नै गरिएको थियो ।
भएको यस्तो रहेछ
‘खासमा हिमालयन रिको आईपीओ रोक्न निर्देशन नै दिनेगरी छलफल भएको हो, र त्यहि गर्ने निर्णय पनि भएको थियो । तर एकाएक सो सूचना समितिबाट पत्र काट्नु अगावै सूचना लिक भयो । कुरा यहिँनेर बिग्रंदा चलखेल भयो ।’ समितिका एक सदस्यले अर्थ सरोकारसँग भने, ‘त्यतिबेला नै सूचना लिक नभएको भए हिजै बोर्डलाई निर्देशन जान्थ्यो । निर्देशन नभन्ने, बरु स्पष्टिकरण सोध्ने, हिमालयन रिले आफैँ आईपीओको मिति सार्नेगरी सल्लाह भएको बुझेका छौँ । यो देशमा जे पनि हुन्छ भन्थे, हो रहेछ । सार्वजनिक लेखा समितिमा व्यवसायीहरुको नै हस्तक्षेप हुनेगरेको सुनिएको थियो, आज बुझियो ।’
उनका अनुसार हिमालयन रिको आईपीओ तत्काल रोक्दा फेरी खोल्ने प्रक्रिया लम्बिने डरले हिमालयन रिले आफैंले सो आईपीओको मिति सार्नेगरी काम गरेको छ । हिमालयन रिले २१ गतेबाट आउने आईपीओ मंशिर ४ गते ल्याउने भनेको छ । ‘त्यतिन्जेल सार्वजनिक लेखा समितिबाट क्लिन चिट पाउने अपेक्षाअनुसारको प्लान गरिएको देखिन्छ ।’
ती सदस्यका अनुसार अव धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्षलाई बोलाएर समितिले प्रश्न गर्नेछ । सोहि अनुसार समितिले आवश्यक निर्णय गर्नेछ । ‘तर हिमालयन रिको केस मङ्सिर ४ गतेसम्म नै सकिन्छ जस्तो लागेको छैन । त्यसो भएन भने सायद फेरी मिति सर्न सक्ला ।’
यता हिमालयन रिले भने किन र के कारणले निष्कासन मिति सारिएको भन्ने खुलाएको छैन ।
बोर्डले समितिको पत्र बुझेको छ । तर सो पत्रमा आईपीओ रोक्न निर्देशन नै छ वा स्पष्टिकरणमात्र सोधिएको छ भन्ने अझै खुलेको छैन । तर हिमालयन रिले नै आफैँ विनाकारण आईपीओ निष्कासन मिति सार्नुले, हिजो निर्देशन दिने नै निर्णय भएको थियो, तर पछि चलखेल भएर स्पष्टिकरणमात्र सोधिएको र सोहि अनुसार सल्लाहमै हिमालयन रिले आईपीओ रोकेको हुनसक्ने अनुमान लगानीकर्ताहरुले गरेका छन् ।
लगानीकर्ता तिलक कोइरालासहितको टोलीले केहि समय अगाडी सार्वजनिक लेखा समितिमा धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा भ्रष्टाचार भएको भन्दै उजुरी दिएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: