×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलक कोइरालाले ‘सुटुक्क चालेको त्यो कदम’, जसका कारण सार्वजनिक लेखा समितिले काट्यो यस्तो पत्र…

PRIME CA

तिलक कोइरालाले ‘सुटुक्क चालेको त्यो कदम’, जसका कारण सार्वजनिक लेखा समितिले काट्यो यस्तो पत्र…

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन रिको आईपीओबारे सार्वजनिक लेखा समितिले बोर्डलाई प्रश्न गरेको छ  । आज नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेर यस्तो प्रश्न गरिएको हो ।
अव के हुन्छ ?
अव सार्वजनिक लेखा समितिमा नेपाल धितोपत्र बोर्ड र बीमा समितिका अध्यक्षहरु उपस्थित भएर आफ्नो निर्णयको पक्षमा वकालत गर्नेछन् । समितिले उनीहरुलाई आवश्यक प्रश्न सोध्नेछ र जवाफ माग्नेछ । सार्वजनिक लेखा समितिले ती फाइलहरुको अध्ययनसमेत गर्नेछ । अध्ययनका क्रममा भ्रष्टाचार भएको प्रमाणित भए बोर्ड अध्यक्ष र बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा चलाउन सिफारिस हुनेछ । त्यसपछि केस अदालत जानेछ, र अदालतले भने बमोजिम हुनेछ ।
सार्वजनिक लेखासमितिको छानविनका क्रममा बोर्ड र प्राधिकरणले आफुले गरेको काम ठिक सावित गर्न सकेमा उनीहरुले क्लिन चिट पाउनेछन् र आईपीओ फेरि निष्कासन हुनेछ । सार्वजनिक लेखा समितिले क्लिन चिट दिएको अवस्थामा थप आईपीओहरु प्रिमियममा आउने देखिन्छ । यो केसमा बोर्ड र प्राधिकरण दोषी ठहर भए पनि नेपालको सेयर बजारमा धेरै परसम्म प्रिमियममा आईपीओ आउने क्रम रोकिनेछ ।
उजुरी त अख्तियारमा थियो, सार्वजनिक लेखा समितिमा केस कसरी पुग्यो त ?
धेरैलाई थाहा भएको कुरा हो, तिलक कोइरालासहितको टोलीले अख्तियारमा इन्स्योरेन्स कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्दा भ्रष्टाचार गरेको भन्दै उजुरी गरेका थिए । उजुरी आएपछि अख्तियारले पनि बोर्ड र प्राधिकरणलाई यस विषयमा सोधपुछ गरेको थियो । तर बीमा प्राधिकरण र धितोपत्र बोर्डले नियमअनुसार नै आईपीओ जारी भएको दाबीसहितको जवाफ पठाएका थिए भने बीमा प्राधिकरणले त कानुनको अपव्याख्या भएकोसमेत भन्न भ्याएको थियो । तर अख्तियारमा केस गएपछि के हुन्छ, के हुँदैन भन्ने बुझेका लगानीकर्ता तिलक कोइरालाले एक उजुरी सार्वजनिक लेखा समितिमासमेत पठाएका थिए । त्यतिबेला हल्लाखल्ला गर्दा अरुले षड्यन्त्र गर्ने जोखिमलाई बुझेर उनले यस विषयमा कतै चर्चा गरेका थिएनन् ।
तर कोइराला निरन्तर फलोअपमा थिए । उनको उजुरीका विषयमा समितिमा राम्रै छलफल भएको थियो । उजुरी परिसकेपछि त्यसविषयमा छानविन गर्नुपर्ने निष्कर्षसहित समितिले तत्काल हिमालयन रिको आईपीओ रोकेर फाइलसहित हाजिर हुन बोर्ड अध्यक्ष रमेश कुमार हमाल र प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई पत्र काटेको छ ।
अझ खास कुरा त के हो, उजुरीकर्ता स्वयम् कोइरालालाई पनि समितिले बोलाएर आवश्यक छलफल गर्ने तयारी गरेको छ । तर यसमा समितिभित्रकै केहि सांसदहरुले फरक मत राखेका छन् । सबैलाई सँगै राखेर प्रश्नोत्तर गर्ने एकाथरीको तयारी हुँदा सो काम प्रक्रियागत नहुने, उजुरीकर्ताको गोपनियतालाई ख्याल गर्नुपर्ने र उजुरीकर्ताले मानेको अवस्थामा पनि यसले भविष्यमा अन्य दीर्घकालीन असर पार्न सक्नेभन्दै केहि सांसदहरुले यो प्रस्ताव मानेका छैनन् । यद्यपी सिलवाल र हमालले भने सार्वजनिक लेखा समितिलाई फेस गर्नुपर्ने देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: