काठमाडौँ । गैरकानुनी रुपमा सेयर बेच्न खोजेको भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) सेयर बेच्ने निर्णयबाट पछि हटेको छ । सार्वजनिक सूचना नै जारी गरेर संस्थापक सेयर बिक्री गर्न खोजेको भोले गणेशको सेयर बिक्री प्रक्रिया नै गैरकानुनी भएको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेपछि सेयर बेच्ने निर्णयबाट कम्पनी पछि हटेको हो ।
कम्पनीले यसअघि माघ २६ गते ३५ दिने सूचना सार्वजनिक गर्दै २८ हजार ३ सय ८० कित्ता संस्थापक सेयर बिक्रीबारे जानकारी गराएको थियो । तर, भोले गणेशको संस्थापक सेयर बिक्री कानुनतः गलत भएको पाइएपछि कम्पनी संस्थापक सेयर बेच्ने निर्णयबाट पछि हटेको हो ।
कम्पनीले तत्कालका लागि संस्थापक सेयर बिक्री कारोबार रोकेको एक सूचना नै जारी गरेर जानकारी गराएको छ । ‘मिति २०८०/९/१८ गते बुधबार र मिति २०८०/१०/२६ गते शुक्रबार यस भोले गणेश सेक्युरिटिज लि.को मध्यान्ह दैनिकमा प्रकाशित संस्थापक सेयर बिक्रीसम्बन्धी सूचना प्रकाशित गरेकोमा उल्लेखित संस्थापक सेयर बिक्री कारोबार प्राविधिक कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण संस्थापक सेयरधनी तथा नियामक निकायहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’, सूचनामा भनिएको छ ।’
यसो त कम्पनीले धितोपत्र व्यवसायी नियमावली (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ मा धितोपत्र दलालको सेयरधनीले आफूले ग्रहण गरेको सेयर अनुमतिपत्र प्राप्त भएको एक वर्षसम्म बिक्री वा नामसारी गर्न नपाउने उल्लेख भए विपरित सेयर बिक्रीका लागि सूचना निकालेको थियो ।
कम्पनीले यसरी कानुनविपरित निकालेको सूचनाप्रति खबरदारीसहितको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेपछि कम्पनी संस्थापक सेयर बिक्री गर्ने निर्णयबाट पछि हटेको छ । यता भोले गणेशको सो काम गैरकानुनी रहेकोले उक्त विषयमा कम्पनीलाई सचेत समेत गराइसकेको पनि नियामक नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्